• फागुन ९, काठमाडौं । हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनहरुको घुईंचो लागेको छ । गएराती देखिनै नेपाल भारत र भुटानदेखी आएका भक्तजनहरुले पशुपति क्षेत्र भरिभराउ छ ।

    यसपटक पाशुपत क्षेत्रलाई फुलहरुले विशेष सोभायमान बनाइएको छ । पशुपति परिसर र बाहिर समेत आकर्षक फुलहरुबाट स्वागतद्वार तयार गरिएको छ । महाशिवरात्रीका अवसरमा भारतबाट बाबाहरु पशुपतिमा डेरा जमाएर बसेका छन् । बनकाली, भष्मेश्वर क्षेत्रमा बसेका नागाबाबाहरुले गाँजा सेवन मात्र गरेका छैनन् प्रहरीकै अगाडी खुलेआम गाँजा विक्रिवितरण गरिरहेका छन् ।

    सरकारले गाँजा विक्रिवितरण र सेवनमा रोक लगाउँदा भारतका विभिन्न क्षेत्रबाट आउने नागाबाबाहरुको संख्यामा कमी आएपनि थोरै आएकाहरुले निर्वाध रुपमा गाँजा विक्रि गरिरहेका छन् ।

    पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनलाई नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयंसेवकलाई हम्मेहम्मे परेको छ भने, गौशाला, तिलगंगा तथा मित्रपार्कमा ट्राफिक प्रहरीलाई सवारी आवागमन सुचारु गर्न हम्मेहम्मे परेको छ ।

    हेर्नुहोस तस्विरहरु;





     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…