•  

    बिराटनगर । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् ।

    ‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताईन् । ‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न जति नि पाईन्छ, उध्रेको चोली छ है तैपनि लाईन्छ’ गीत गाउँदा दर्शक अझ बढी झुमे । स्टेजबाट जोशीले गाईरहदा प्रदर्शनीस्थलमा उनीसँगै स्वरमा स्वर मिलाउँदै दर्शकहरु नाच्न मस्त थिए ।

    महाशिवरात्रीको साँझ प्रदर्शनी स्थलमा खचाखच रहेका दर्शकलाई ‘म त मर्छु की क्या हो ठूली’ ले नाच्न बाध्य बनायो । जोशीको यो गीतलाई पनि दर्शकले अत्याधिक रुचाए । उनले आधा दर्जन गीत गाएर स्टेजबाट विदा माग्दा दर्शकको भीडबाट ‘वान्स मोर’ आवाज गुञ्जिएपछि पुनः गाउन बाध्य भईन् ।

    शिवरात्रीको माहोल ‘क्याच’ गर्न उनले ‘ओम नम शिवाय हर हर’ गाउँदै दर्शकलाई पनि सँगै गाउँन लगाईन् । हजारौं दर्शक भेला भएको एक्स्पोमा जोशीको प्रस्तुतीले रौनकता प्रदान गरेको थियो । उद्योग संगठन मोरङको आयोजनामा गत शुक्रबारबाट सुरु भएको ९ दिने एक्स्पोमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । प्रदर्शनीलाई हालसम्म दुई लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…