• १० फाल्गुन २०७६, शनिबार
    शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ ।

    शुक्रबार निर्माण पक्ष काठमाडौंको विभिन्न हलमा पुगेको थियो । जहाँ दर्शकको उपस्थिती बाक्लो देखिन्थ्यो । शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ । बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ । चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन् ।

    धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।

    शुक्रबारबाट नै रिलिज भएको चलचित्र ‘आमा’ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रले उत्कृष्ट भएको समिक्षा पाइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…