• फागुन १०, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सागर राईले आफु जनप्रतिनिधि भएर पाएको सेवा सुविधा सामाजिक कार्यमै खर्च गर्ने बताएका छन् ।
    जनताले तिरेको करवाट जनप्रतिनिधि सेवा सुविधा भोगि हुन भन्दा नि जनताकै प्रतक्ष्य लाभको कार्यमा खर्च गर्नु न्याय संगत हुने तर्क राख्ने अध्यक्ष राईले सो कुरालाई निरन्तरता दिदै व्यावहारीक रुपमै ढालेका छन् ।
    राईले निर्वाचत ताका आफुले गरेका आफ्ना प्रतिबद्धताहरु पुरा गर्ने शिलशिलामा गरिब र दुखी जनताको सहरा बन्ने प्रण पुरा गर्दै आएका छन् । आफुले मासिक रुपमा पाउदै आएकोे सुविधालाई सदैव दुखी गरिबको लागि खर्च गर्दै आएका वडा अध्यक्ष सागर राइले अपाङ्गता भएकाहरुलाई ह्विल चियर वितरण गरेर सो शिलशिला पुरा गरेका छन् ।
    राईले जनप्रतिनिधि भएपछि पाउदै आएको सेवा सुविधा वापतको रकम कटौती गरि वडाका अशक्तहरुलाई ह्विल चेयर दिदै आएका छन् । राईले शुक्रवार वडा नम्वर १० को विरेन्द्र टोल बस्ने वर्ष ३० की दुर्गा खतिवडालाई ह्विल चेयर प्रदान गरेका हुन ।


    जन्मदा सकुशल नै जन्मे पनि खतिवडा ८ महिनाको उमेरबाट अपाङ्गताको सिकार बनेकी परिवारले जनाएको छ । सो कुरा राईले थाहा पाएपछि घरमै पुगेर खतिवडालाई ह्विलचेयर प्रदान गरेका हुन ।
    हिडडुल गर्न सहज होस भनेर नै आफुले ह्विल चियर प्रदान गरेको राईको भनाई छ । खतिवडा स्यमं हिडडुल गर्न भने सक्दिनन ।
    यस्तै केही दिन अघि मात्र राईले अर्का १ जना वडाका अशक्तलाई ह्विल चेयर बितरण गरेका थिए ।
    वडा अध्यक्ष राईले केही दिन अघि वडाको हिडडुल गर्न नसक्ने बिपन्न बर्गको बर्ष ४६ को गीता चौहानलाई ह्विल चेयर प्रदान गरेका थिए ।
    बिभिन्न सामाजिक कार्य गर्दै चर्चा बटुल्दै आएका वडा अध्यक्ष थुलुङ्ले आफ्नो वडाका शारीरिक अपाङ्गता भएकाहरुलाई बिभिन्न अवसरमा ब्यक्तिगत स्रोत समेत प्रयोग गर्दै ह्विलचेयर बितरण कार्यलाई निरन्तरता दिदै आएका छन ।
    वडावासीहरुको प्रत्येक समस्यालाई आफ्नै ठानी समाधान गर्न रुचाउने राईले आफ्नो सेवा सुविधा सहित निजि श्रोतहरुको समेत व्यवस्थापन गरि वडाबासीहरुका लागि सहयोग गर्दै आएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…