• एजेन्सी, १० फागुन । पोर्चुगका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन रहेको छ । ऐतिहासिक दिन यस अर्थमा कि शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् ।

    एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ । क्रिस्टियानो रोनाल्डो १ हजार खेल खेल्ने त्यस्ता भाग्यमानी खेलाडी हुन् जो आफैं संसारमा उत्कृष्ट खेलाडीको चर्चामा समेत रहिरहेका छन् ।

    समकालीन फूटबलरमा रोनाल्डो र मेस्सीको तुलना हरप्रहर झै भइरह्यो । दुबैको कीर्तिमानी झण्डै झण्डै उस्तै छ । तर गोल संख्या र खेल संख्याका आधारमा मेस्सीभन्दा रोनाल्डो अघि छन् ।

    इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति हुने खेलमा युभेन्टसका रोनाल्डोले जीवनको महत्वपूर्ण खेल खेल्न लागेका हुन् । शनिबार राति युभेन्टसले एसपिएएलसँग प्रतिस्पर्धा गर्दैछ ।

    पोर्चुगलका रोनाल्डोले अहिलेसम्म क्लब फुटबलमा ८३५ तथा राष्ट्रिय टिमबाट १६४ खेल खेलेका छन् । उनले अहिलेसम्म समग्रमा ७२४ गोल गरेका छन् ।

    रियल मड्रिडका लागि सबैभन्दा बढी ४५० गोल गरेका उनले म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ९९, युभेन्टसका लागि ५२ तथा स्पोर्टिङ्गका लागि पाँच गोल गरेका छन् ।

    पाँच पटक बालोन डी ओर अवार्ड जितेका रोनाल्डोको खेल जीवनको सुरुवात लिस्बोनको क्लब स्पोर्टिङ्गबाट भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…