• बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको ८ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ ।
    बाहुण्डाँगी सामुदायिक हलमा भएको कार्यक्रममा २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले २०२० का अध्यक्ष सागर कार्कीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरणसहित सपथ ग्रहण गराएका थिए ।
    नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो बार्डमा विभिन्न पदमा मनोनित गरेका थिए । शाखाको महासचिवमा हेमन्त मोक्तान, कोषाध्यक्षमा किशोर भट्टराई, कानुनी सल्लाहकारमा नृत्यानन्द चम्लगाई, तालिम संयोजकमा रजत भण्डारी, कार्यक्रम संयोजकमा प्रविण भण्डारी, जनसम्पर्क अधिकारीमा कमला शर्मा, शाखा सम्पादकमा सविना भट्टराई, सचिवमा निकेश दाहाल, खेलकुद संयोजकमा सरोज बुढाथोकीलाई मनोनित गरेका छन् ।
    यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा देबु बानियाँ, कौशल उप्रेती, उपाध्यक्षहरुमा सचिन सुब्बा, सुमन थापा, विजेता भण्डारी र पुकारराज चौधरी सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त एवम् शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले सोही समारोहमा नाम घोषणा गरेका थिए । उनीहरु सबैलाई २०२० का अध्यक्ष कार्कीले सयुक्त रुपमा सपथ ग्रहण गराएका थिए ।
    सोही कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका देबु बानियाँलाई सम्मान गरिएको थियो । यसैगरी कृषि क्षेत्रबाट उत्कृष्ट कृषकको अवार्ड गाई व्यवसाय निरज बोगटी, उत्कृष्ट जेसीज अवार्ड शाखाका उपाध्यक्ष नित्यानन्द चम्लगाई र एसइइमा उत्कृष्ट हुने मेची जनसाधारण माविकी विशिका ढकाललाई दलबहादुर गंगामाया सिठुङ अक्षय अवार्डबाट सम्मान गरिएको थियो । उक्त अवार्ड शाखाका पूर्व अध्यक्ष उत्तम सिठुङले आफ्ना बुबा आमाको नाममा अक्षयकोष स्थापना गरिएको छ । उक्त पुरस्कारको घोषणा पूर्व अध्यक्ष बद्री निरौलाले गरेका थिए ।

    शाखाका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, शाखाका संस्थापक अध्यक्ष नविन बराल, नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, नेकपाका जिल्ला सदस्य पुष्प गुरागाई, साुमुदायिक भवनका अध्यक्ष पोषककुमार दर्जी, मातृ शाखा धुलावारीका पूर्व अध्यक्ष नारायण खनाल, पर्यटन वर्ष २०२० का प्रदेश सदस्य अर्जुनकुमार कार्की, मेची उद्ययोग वाणिज्य संघका सचिव रबि नेपाल, सदस्य भूमि पौडेल, अग्रज व्यक्तिहरु सनतकुमार अधिकारी, अनुपकुमार कार्की, मेगराज खड्कालगायतको सहभागिता रहेको थियो ।
    रजत भण्डारीले आस्थापाठ गरेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक कमला शर्मा र सञ्चालन २०१९ का महासचिव देबु बानियाँले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…