• उर्लाबारी । मोरङको उर्लाबारीमा नक्कली चामल बेचिएको खुलाशा भएको छ । उर्लाबारीको प्रेमचन्द बाहेतीको पसलबाट खुल्ला किनीएको चामलमा यस्तो अखाद्य चामल पाइएको हो । दमक ताराबारीस्थित मदन भण्डारी कलेजमा पढ्ने सुमन धमलाले बाहेतीकोबाट चामल किनेका थिए । उनले सो चामल सामाजिक सन्जालहरुमा प्रतिक्रिया आएजस्तै प्लाष्टिकको चामल भएको दावी गरे ।

    ‘अरु चामल भन्दा फरक थियो, पकाएर खादाँ नपच्ने पाचन पक्रियामा पनि समयमा भएन, उनले भने, ‘ ५ केजी चामल किनेको थियौं । २ केजी जति त खायौं ।’

    त्यो चामलले ट्वाईलेट पनि समयमा भएन, पेट दुख्थिीयो, उनले भने‘ पसलमा गयौं , चामल साटीदेउ भन्दा पैसा पसलले पैसा फिर्ता दियो ।

    खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो’, उनले भने, ‘युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’

    पसलले चामलबारे कुरा गर्न खोज्दा कुनै प्रतिक्रिया नदिएको र २ केजी चामलको पैसा फिर्ता दिएको धमलाले बताए ।
    यस विषयमा बाहेतीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

    नक्कली अर्थात प्लाष्टिकको चामल जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन समस्या हुनसक्छ ।

    प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले तपाईंको हर्माेनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीलाई बाधित गर्नसक्छ । यसका साथै यसले तपाईंको पेटको विभिन्न समस्या पनि निम्त्याउने गर्दछ ।

    उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले अखाद्य बस्तु बेच्ने जो कोहीलाई कारवाहि हुने बताए ।
    तर गुणस्तरहिन र कम गुणस्तर हिन भने चामल बजारमा छ्यापछ्याती पाईने गरेको छ ।

    समाचारमा चामल बेच्ने रोसन किराना पसल हुनु पर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।सम्पादक

    यो पनि पढ्नुहोस

    http://ratokalam.com/archives/74081

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…