• काठमाडौँ, फागुन ११ गते । एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् ।
    चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै हुनुहुन्छ । एसिड आक्रमणपछि उहाँको पाँच पटक शल्यक्रिया भयो तर अझै दस पटक शल्यक्रिया गर्न बाँकी छ । उहाँले अझै सामान्य हुन सकिरहेकी छैन । पछिल्लो समय आँखामा समस्या देखिएको छ । आफूले जस्तै अरूले हिंसा खेप्न नपरोस् भन्ने चेतना जगाउन लड्दैछु भन्नुभयो ।

    जुन बेला उहाँमाथि एसिड आक्रमण भयो त्यो बेला नेपालको कुनै पनि कानुनमा एसिडले आक्रमण गर्दा कस्तो न्याय दिने वा कस्तो कारबाही चलाउने भन्ने उल्लेख थिएन । त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो । मुख्य कानुनी प्रावधानको अभाव रहे पनि अदालतले जीवनलाई हदैसम्मको काराबास सजाय सुनायो । पीडक कारागारमा छ, उहाँ भने सामाजिक न्याय खोज्दै हुनुहुन्छ । उतिबेला कानुनमा क्षतिपूर्ति र उपचारको कुनै व्यवस्था नहुँदा अहिलेसम्म कुनै राहत पाउनुभएको छैन ।
    समाजमा पुनस्र्थापना हुन सङ्घर्ष चल्दै गर्दा शरीरको पीडाले बेलाबेला झस्काइरहन्छ । ऊ एसिड छ्यापिएकी सङ्गीता त्यही हो, हेर त कस्तो अनुहार बिग्रिएछ यस्तै भनाइ दिनहुँ सुन्नुपर्छ ।

     

    जेनी खड्कालाई पनि कमलपोखरीमा २०७६ जेठ १ गते उहाँलाई विष्णु भुजेलले एसिड छ्यापे । उहाँ कानुनी कारबाही अदालतमा चल्दैछ । मलाई अदालतले मेरो पीडाको त्यो पल सोध्दैन । अहिलेको अवस्था कस्तो छ भनेर मात्र सोध्छ भन्नुहुन्छ । अनुहारको केही भाग र छाती लगायत अन्य स्थानमा परेको एसिडको असर केही कम हुँदैछ । एसिड प्रहार हुँदा प्लास्टिक झैँ पग्लेको अनुहार र शरीर आफ्नो जस्तै नरहेको पीडा उहाँको आँखा र मुहारमा झल्कन्छ । एसिड छ्यापेर त्यस्तो हुँदा पनि अझै समाजमै हिँड्न बाध्य हुनु यो उहाँले भोगिरहेको पीडा हो । उहाँ एसिड हान्नेलाई एसिड हान्ने कानुन ल्याउनुपर्छ । अन्य कानुनले पीडकलाई कसरी थाहा दिन्छ कि कति पीडा हुन्छ भन्नुहुन्छ । मागमा आक्रोश पनि छ । एसिड हान्नेले पहिल्यै पाउने सजाय र कानुनको लेखाजोखा गरेरै त्यस्तो कदम उठाउने गरेको दाबी गर्नुहुन्छ ।

    वीरगञ्जमा मुस्कान खातुनलाई २०७६ भदौ २१ गते स्कुलबाट फर्कदै गर्दा साम्सद आलमले एसिड छ्याप्यो । मुस्कानको अझै शल्यक्रिया चलिरहेकै छ । त्यस्तै २०७५ असोजमा रौतहटकी सम्झनाकुमारी दासलाई रामबाबु पासवानले एसिड प्रहार ग¥यो । नवलपरासीकी वसन्ती परियारलाई त्यही बेला विमल श्रीपालीले एसिड हान्यो । एसिड छ्यापिए पछिको पीडादायी जीवन बोकेर उहाँहरू सामाजिक न्यायको आशमा जिउने सङ्घर्षमा हुनुहुन्छ ।
    विगत दस वर्षमा झण्डै तीन दर्जन एसिडकाण्ड भइसकेको एम्नेस्टी इन्टरनेसनलको तथ्याङ्कले जनाएको छ । अहिलेको मुलुकी फौजदारी संहितामा एसिड आक्रमणलाई जघन्य अपराध घोषित गर्दै पाँचदेखि आठ वर्ष कैद सजाय र एक लाखदेखि पाँच लाख रुपियाँ सम्मको जरिवाना पीडकबाट भराउने उल्लेख छ ।चाँदनी हमालले आजको गोरखापत्र दैनिकमा यो समाचार लेख्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…