काठमाडौं। प्रधानमन्त्री केपी ओलीको आज ६९ औं जन्मदिन परेको छ। प्रधानमन्त्री ओली यसपालि आफ्नो जन्मदिन मनाउन जन्मथलो तेहथुमको सल्ले पुग्ने भएका छन्।
प्रधानमन्त्री जन्मदिन मनाउँन आज जन्मथलो तेहथुमको सल्ले जादै हुनुहुन्छ स्रोत भन्छ ।
ओली २००८ साल फागुन ११ मा तेह्रथुमको साविक इवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका–४) मा जन्मेका थिए। ओलीले आफ्ना पिता मोहनप्रसादले २०२४ सालमा बेचेको गाँउको घरमै जन्मदिन मनाउने तयारी छ ।
बुवाले साढे ११ हजार रुपैयाँमा बेचेको उक्त घर ओलीले २०७२ सालमा आफ्नो नाममा फिर्ता लिएका थिए ।
हाल उक्त घर खालि अवस्थामा रहेको छ । ओलीले जन्मदिनमा आफ्ना गाँउका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
यसै बिच प्रधानमन्त्री ओलीको आज ६९ औं जन्मदिन मनाउन अठराई गाउँपालिकाले सार्वजनिक विदा समेत दिने भएको छ ।
 
                                
 
                            
                         
                            
                         
                            
                        