•  

    काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले इलाममा मसाल जुलुस निकालेको छ । जिल्ला सदरमुकाम इलाम बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै शनिबार साँझ नेबिसंघले जुलुस निकालेको हो ।

    निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकणमा घुष लेनदेनको अडियो सार्वजनिक भएपछि कारवाही माग गर्दै जुलुसमा उत्रिएका विद्यार्थीहरुले भ्रष्टाचारीलाई कारबाही गर , कमिसनको खेल तत्काल बन्द गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा सहित प्रधानमन्त्रीको राजिनामा माग गर्दै सदरमुकामको इलाम बजारमा प्रदर्शन गरेका हुन् ।

    साँझमा सदरमुकामको ठुलो टुडिखेलबाट सुरु भएको मसाल जुलुस चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै इलामका कार्यबहाक अध्यक्ष प्रकाश भट्टराईले यो सरकार पट्क पट्क बिबादमा परेको भन्दै प्रधानमन्त्रीले नैतीकताको आधारमा रजिनामा दिनुपर्ने बातएका छन । उनले वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासमै नालयक रहेको बताए । त्यस्तै अर्का नेबिसंघका नेता निराजन भट्टराईले कोणसभालाई सोम्बधन गर्दै गोकुल बास्कोटालाई आवश्यक अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने बताएका थिए । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…