काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे सचिवालयमा छलफल भएको छ । स्रोतका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने अर्को बैठकले गर्ने भएको छ ।
गौतमले यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए।
यस्तै, नेतृत्वलाई जथाभावी बोलेको भन्दै नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहलाई स्पष्टिकरण सोध्ने निर्णय पनि बैठकले गरेको स्रोतले बतायो। कान्तिपुरबाट ।