• ६९औं जन्मोत्सव जन्मघरमै मनाउन जानलाई आँगनमै बनाउन लगाए हेलिप्याड

    सुदिप बर्देवा, २०७६ फाल्गुण ११ आइतबार

    तेह्रथुम । प्रायः सुनसान जस्तै गाउँ । वैदेशिक रोजगारीले युवा पलायन भएर रिक्तिएका घरहरु । बाझिएका खेतबारी । पट्यार लाग्दा पाखाहरु । सामान्य सडकको पहुँज पुगे पनि सुगमताले आखा चिम्लिएको ठाउँ । साह्रो, गाह्र्रो, अफ्ठेरोमा युवाहरु खोज्दा भेटिन गाह्रो छ अहिले गाँउघरमा । मान्छे मर्दा शव बोक्ने र मलामी जाने मान्छे पाईन छोडेको छ गाउँमा ।

    आठराईका अधिकांश गाँउहरु यही मारमा छन् । जसमध्ये तेह्रथुम जिल्लाको आठराई गाउँपालीका वडा न.४ ( साबिकको ईवा गा.बि.स वडा न.२ ) तीनसल्ले खानी गाँउ पनि एक हो । तर अहिले यही खानी गाँउमा स्थायी हेलिप्याड बनेको छ। आठराई गाँउपालीका मा रहेका बजार क्षेत्रहरुः– सक्रान्ती, छातेढुङ्गाको डेउडी, गौरिगञ्जा र चुहानडाडा हुन् । तर यी क्षेत्रमा नभई खानीगाउमा हेलिप्याड कस्ले र किन बनायो भन्ने कुरामा मानिसहरु आश्चर्यमा परेका छन् ।

    देशका प्रधानमन्त्री समेत रहेका के.पी शर्मा ओलीले आफ्नो नीजि लगानीमा उक्त हेलिप्याड बनाएका हुन् । प्रधानमन्त्री ओलीले रु ४ लाखको लगानीमा ७० मिटर लम्बाई र ४५ मिटर चौडाई भएको स्थायी हेलिप्याड बनाएका छन् ।

    वि.स २००८ साल फाल्गुन ११ गते के.पी शर्मा ओली तेह्रथुम जिल्लाको आठराई गाँउपालीका वडा न.४ ( साबिकको ईवा गा.बि.स वडा न.२ ) तीनसल्ले खानी गाँउको एक सामान्य परिवारमा जन्मिएका हुन् । उनको जन्म पश्चात १२ बर्षको उमेरसम्म तीनसल्ले खानी गाँउस्थीत आफु जन्मिएको घरमा बिताएका थिए भने, कक्षा ५ सम्मको प्राथमिक शिक्षा गाँउकै प्रणमी मा.वि सिम्लेमा लिएका थिए । त्यसपछी त्यहाको जग्गाजमिन बेचेर उनीहरु सपरिवार झापाको सर्णमती बसाई सरी गएका थिए ।

    झापालाई आफ्नो गृह जिल्ला बनाएका ओली बिभिन्न कारणले आफ्नो जन्मभूमी फर्किन पाएनन्। जन्मभूमी बेचबिखन गरेर हिडेको दशकौं पछि, केही समय अगाडी मात्र ओलीले आफ्नो जन्मघर र आसपासका झण्डै ३०० रोपनी भूमी पूनः किनेर के.पी शर्मा ओली ट्रस्ट बनाएका छन्। अहिले उनी जन्मिएको सोहि घरको आँगनमै हेलिप्याड बनाइएको छ ।

    प्रधानमन्त्री के.पी शर्मा ओलीले आफ्नै नीजि लगानीमा, त्यो पनि आफै जन्मीएको घरको आँगनमा हेलिप्याड बनाउनुको छुट्टै रहश्य छ । सत्ताको बागडोर संमाली रहेका ओली आफु जन्मिएको जिल्ला, आफु जन्मिएको गाँउठाँउ र आफ्नो जन्मभूमीलाई अगाध माया गर्छन् । उनी आठराईबासी जनता र त्यो क्षेत्रलाई निकै प्रेम गर्छन । आफु जन्मिएको ठाँउमा बिकासको फल फलाउन चाहन्छन् ।

    ओली उमेरले ६८ बर्ष पुरा भई यही आउदो २०७६ फाल्गुन ११ गते ६९ बर्ष लाग्दै छन् । त्यतिमात्र होईन पछिल्लो समय उनको स्वास्थ्यमा समेत बारम्बार उतारचढाव आईरहेको छ। ओली आफ्नो ६८औं जन्मदिन आफु जन्मिएको घर तेह्रथुम जिल्लाको आठराई गाउँपालीका वडा न.४ ( साबिकको ईवा गा.बि.स वडा न.२ ) तीनसल्ले खानी गाँउमा मनाउन चाहन्छन् ।

    त्यसैले उनले उक्त हेलिप्याड निर्माण गर्न लगाएका हुन्। हेलिप्याड निर्माणमा आठराई गाँउपालीकाले प्राविधिक सहयोग गरेको छ भने, नेपाली सेनाले सहयोग गरेको छ । हेलिप्याड १ महिना लगाएर निर्माण गरिएको हो।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …