• फाल्गुन १२, २०७६एजेन्सी

    काठमाडौँ — कोरोना भाइरसका कारण इरानमा थप ४ जनाको मृत्यु भएको छ । इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार सोमबारसम्म कोरोना भाइरसका कारण इरानमा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्री असदुल्लाह अब्बासीलाई उद्धृत गर्दै आईएसएनएले इरानमा ४७ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ ।

     

    अफगानिस्तान, कुवेत र बहराइनमा पनि संक्रमण

    अफगानिस्तानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै एएफपीले कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको जनाएको छ । त्यस्तै कुवेत र बहराइनमा पनि कोरोना संक्रमण देखिएको छ । कुवेतमा तीन र बहराइनमा एक जना व्यक्तिमा कोरोनाको संक्रमण दृेखिएको एएफपीले जनाएको छ ।

    आइतबार मात्रै चीनमा थप १५० को मृत्यु
    चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार आइतबार मात्रै थप १५० जनाको मृत्यु भएको छ । त्यस्तै थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार हुबेईमा एक जना र बाँकीको हैनान प्रान्तमा मृत्यु भएको पनि स्वास्थ्य आयोगले जानकारी दिएको छ । सोमबार बिहानसम्म चीनमा २५९३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

    त्यस्तै चीनबाहिर इरानमा १२, दक्षिण कोरियामा ७, जापानमा ४(डायमन्ड क्रुजका तीन जनासमेत), इटालीमा ४, हङकङमा २ जना र फिलिपिन्स, फ्रान्स र ताइवानमा एक–एक गरी ३२ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ७७ हजार बढी र विश्वका विभिन्न मुलुकमा २ हजारभन्दा बढी गरी ७९ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २९ हजारभन्दा बढी निको भएको पनि विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…