• उर्लाबारी। जीवन बचाउ उपचार गृह उर्लाबारीमा मृत अबस्थामा भेटिएका उर्लाबारी २ का २१ वर्षीय विशाल श्रेष्ठको शव आफन्तले बुझेका छन् ।
    शंकास्पद मृत्यु भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । तर प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझेका हुन ।शौचालयको भेन्टिलेटरमा पासो लगाएको अवस्थामा शव भेटिएपछि आफन्तले हत्या भएको आशंका गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।

    आफन्तले आत्महत्या नभई हत्या भएको हुनसक्ने बताउँँदै शव बुझ्न नमानेपछि प्रहरीले गृहका अध्यक्ष शेखर कार्की र सुधार गृहका इञ्चार्ज रवीन्द्र दाहाललाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए । आफन्तले शंकास्पद भएको बताएपछि अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

    आइतबार साँझ शौचालयमा शव भेटिएपछि सुधार गृहले प्रहरी र आफन्तलाई खबर गरेको थियो । खबर लगतै पुगेका आफन्तले शंकास्पद भन्दै शव पोष्टमार्टम गर्न मानेका थिएनन् । तर सोमबार दुई जनालाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझेका छन् ।

    https://www.youtube.com/watch?v=bIraS6EkJgg&t=7s

    https://www.youtube.com/watch?v=aX3zHKY_-bs&t=6s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…