जीवन बचाउको वोर्ड झुण्ड्याएर अर्काको जीन्दगीसँग आफ्नो दाल चामल साटिरहेकाहरू , एक पटक होइन ।
लाख पटक सोच , प्रसाई दाइ, च्याङ्वा र बिशाल श्रेष्ठको शव तिम्रो घरबाट निस्केको भए तिमीहरू आज के सोच्थ्यौं ? तिम्रो चुल्हो चलाउने हुँदा बेलकुमारीको सहारा गुमेको छ ।
१९ वर्षकी किशोरीको सिन्दुर पुछिएको छ । बिशालको शव त आगोले निल्यो । तर सत्य र न्याय निल्ने धृष्टता नगरेस ।
पत्रकार मिलन के राउतको सामाजिक सन्जालमा यस्तो टिप्पणी
सुधार केन्द्र उर्लाबारीमा मान्छे मरेको हो या मारेको ?
यति बुझौ, निश्चय नै त्यहाँ काल पल्किएको छ । हिजो च्यागंबा र प्रसाई दाई मरे आज विशाल श्रेष्ठहरु ।
यी प्रश्नहरु निरुत्तरित छन्ः
१.अभिभावकले आफ्नो मुटुको टुक्रा सन्तानलाई मोटो रकम तिरेर भर्ना गर्नु केका लागि ?
२.थुनुवाले मानौ आत्महत्या गरे रे, कोठाबाट निस्केपछि थुनुवाको निगरानी हुनुपर्छ की पर्दैन ?
३.विशालको मृत्युपछि सुधार केन्द्रका इञ्चार्ज भनिने रविन दाहाल भन्छन् ‘त्यो मान्छे साइको थियो।’
मर्ने मानसिक रोगी हुन सक्छ । सबै ठिकठाक भाको मान्छेलाई तिम्रो कथित सुधार केन्द्रमा ल्याउनु जरुरी हुन्छ र ?
४.उर्लाबारी प्रहरी प्रमुख त्यहि संस्थाको सल्लाहकारपनि हुँदा रहेछन् । त्यो सुधार केन्द्रका कसाइहरुको सल्लाहकार भएसी तिनका अपराधकर्मको स्थानीय प्रहरी प्रमुखले कुन नैतिक धरातलमा उभिएर अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउलान् ?
५.अन्त्यमा, मृतक विशाल श्रेष्ठको आत्माले शान्ति पाओस् । मृतक परिवारमा गहिरो समवेदना ।
राउतको स्टाटसलाई प्रतिक्रिया दिदैं लिलाराज खतिवडा लेख्छन्ः
साइको भनेको मानसिक रोग लागेको भन्ने बुझिन्छ । मानसिक रोग लागेको व्यक्तिलाई लागू औषध उपचार केन्द्रमा राख्नुको कारण र औचित्य चाहिँ के हो? यस्ता पुनःस्थापन केन्द्रको सरकारले मापदण्ड तोकेको छ । उर्लाबारीको यस उपचार केन्द्रले मापदण्ड पूरा गरेको छ? के त्यहाँ डाक्टर, साइक्याटृस्ट डाक्टर र नर्सको पनि सुविधा छ? उल्लेखनीय के छ भने लागू औषध प्रयोगकर्ताहरुको डिटक्सिफिकेशन र रेगुलर चेक अप सर्टिफाइड मेडिकल प्राक्टिशनर्सको प्रत्यक्ष निगरानीमा हुनु जरूरी छ । के नेपालका सम्पूर्ण लागू औषध पुनःस्थापन केन्द्रहरुले मापदण्ड पूरा गरेर सेवा दिइरहेका छन् ? युजरहरुको उपचार गर्न सक्ने विशेषज्ञहरु छन् त नेपालका रिह्याबहरुमा ? कि यी हचुवाको भरमा चलिरहेका छन्? मिलनले लेखेजस्तै कि यिनीहरु वधशाला हुन्? विषय गंभिर छ । पहिले पनि जीवन वचाउ केन्द्रमा दुई जनाको रहस्यमय मृत्यु भइसकेको अवस्थामा टालटुल गरेर पुन: सन्चालनमा ल्याइए पनि सवाल के हो भने त्यहाँ कस्ता विषेशज्ञहरु लागू औषध प्रयोगकर्ताहरुको उपचारमा संलग्न छन् ? के उनीहरुले कतै कुनै तालिम लिएका छन् ? विषयवस्तुको जानकारी उपर उनीहरुको ज्ञानको श्रोत के हो? अहिले एउटा फेलोको शंकास्पद मृत्युको सत्य्तथ्य अनुसन्धानसँगै यस्ता कुराहरुको पनि अनुसन्धान हुनु जरुरी छ । स्मरण रहोस् केही वर्षअघि काँकडभिट्टाको स्वतन्त्रता समूह भन्ने रिह्याबमा उपचाररत एकजना प्रयोगकर्ताको रहस्यमय मृत्यु भएपछि उक्त रिह्याब हमेशाका लागि बन्द गरिएको छ ।