फागुन १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको केही घण्टामै तुहिने संकेत देखिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यही फागुन २० गतेबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक सिटका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले केही घण्टामै उक्त सिफारिसमा असन्तुष्टि व्यक्त गरेको श्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले आफूबिरुद्ध पार्टीभित्रबाट षड्यन्त्र भएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा निरन्तरता दिने मनसाय जताएका नेकपा श्रोतले बतायो ।