• काठमाडौं, १४ फागुन । तत्कालिन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन डिलिङ गर्दै गरेको भनिएको टेप रेकर्ड सार्वजनिक भएपछि पार्टीका महासचिव विष्णु पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आश्चर्यजनक ढंगले मौन रहनुभएको छ ।

    प्राप्त जानकारीअनुसार गत वर्ष विजय मिश्र नामक व्यक्तिसँग भेट गर्न पौडेल र गुरुङले निकै दबाब दिनु भएको थियो ।

    हाम्रै पार्टीका कमरेड हुन्, तपाईले जसरी भए पनि एक पटक भेट दिनुपर्यो भनेर पटक पटक भनेपछि गोकुल बाँस्कोटाले निज मिश्रलाई एक वर्षभन्दा अगाडि भेट गरेको बुझिएको छ ।

    भेटका क्रममा मिश्रले सेक्युरिटी प्रेसको कुरा गरेपछि सरकारसँग सम्झौता गरेर (जीटुजी मोडलमा) प्रेस ल्याउने भएकोले यसमा आफूले केही गर्न नसक्ने जवाफ मिश्रलाई गोकुलले दिएका थिए ।

    बिजनेस नपाउने निश्चित भएकै कारण मिश्र गोकुललाई भेट्न त्यसपछि कहिल्यै नगएको र पृथ्वी र विष्णुले पनि त्यसपछि मिश्रको बारेमा कुनै सिफारिस गर्नुभएन ।

    मिश्रले टेप रेडर्क सार्वजनिक गरेपछि पनि विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले केही बोल्नु भएको छैन र उहाँहरुले गोकुललाई कुनै सान्त्वनासमेत नदिएको बुझिएको छ ।

    गोकुलले गत वर्ष मिश्रलाई बिजनेस दिन सकिने आश्वासन दिएको भए मिश्र र मन्त्री गोकुलबीचको सम्बन्ध प्रगाढ भएर जाने निश्चित हुन सक्थ्यो, घटना र विचारमा उल्लेख छ ।

    एक वर्षअघि एक पटक भेटेपछि दोहोर्याएर मन्त्रीलाई कहिल्यै नभेट्नु र झन्डै सवा एक वर्षपछि मन्त्री गोकुलसँगको टेपवार्ता भनेर सार्वजनिक गर्नुले यो प्रकरणलाई रहस्यमयी बनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…