• काठमाडौं । नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

    महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराउएका र सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी दिए ।

    उनले पत्रकार विष्टको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए ।

    शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका महासचिव विष्टले बताए ।

    उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघले भत्र्सना गर्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…