• बिहिबार, फाल्गुन १५, २०७६

    बर्दिबास । नेपाल कम्युनिष्ट पार्टी (माले) महासचिव सिपी मैनालीको सवार कार दुर्घटनामा परेको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएको प्रहरीले जानकारी दिइएको छ ।

    महासचिव मैनाली झापाबाट छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतर्फ आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा परी मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

    दुर्घटनामा महासचिव मैनाली र बुहारी पूजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले जानकारी दिए ।

    मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।

    दुर्घटनामा परेर घाइते भएका मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाई‌ले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…