१५-फाल्गुण-२०७६
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच समसायिक राजनीतिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान करिब डेढ घन्टा भएको भेटघाटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको हो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाका अनुसार छलफलका क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका छन् ।
दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको छैन् । पार्टीभित्र विवाद चुलिँदै गएको छ । अब तपाईँले राजीनामा दिएर सबै पार्टीलाई मिलाएर अगाडि लैजानुको विकल्प छैन । कोइरालाको भनाई उध्रित गर्दै थपलियाले भने ।
कोइरालाको सुझावपछि ओलीले ठट्यौली पारामा विपक्षीको धर्म निभाउनु भयो भनेका थिए । ओलीले आफू अफ्टेरोमा पर्दा पटक पटक कोइरालासँग भेट गर्दै आएका छन् ।