•  

    फागुन १५, काठमाडौँ । बिहिबार महोत्तरीको बर्दिबासमा दुर्घटनामा परि गम्भिर घाइते भएका नेकपा महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।

    छोरा, बुहारी, नाति र चालकसहित झापाबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परि गम्भिर घाइते भएका मैनालीलाई हेलिकोप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भईरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

    बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिँदा उक्ट दुर्घटना हुन पुगेको थियो । यस ददुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल समेत घाइते भएका छन् ।

    हाल मैनाली लगायत अन्य घाइतेको उपचार बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा भईरहेको प्रहरीले जानकारी दिए । मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…