• शेयर बजार परिसूचक नेप्सेको कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको छ । साताको कारोबार हुने अन्तिम दिन ब्यांकहरूको शेयर मूल्य उचालिएपछि नेप्से परिसूचक ३६ अंकले बढेर १ हजार ६३२ विन्दुमा पुगेको छ ।

    प्रधानमन्त्रीले अर्थमन्त्रीमा डा. युवराज खतिवडा नै दोहर्‍याउन लिएको अडानपछि बिहीबार शेयर बजार खस्किने अनुमानहरू गरिएका थिए । तर, त्यसलाई गलत बनाउँदै बजार लगातार उकालो यात्रामा चढेको हो ।

    बिहीबार कारोबार रकम पनि अहिलेसम्मकै उच्च रु. ४ अर्ब ४६ करोड पुगेको छ । बुधबार रु. ४ अर्ब १५ करोड बराबरको शेयर किनबेच भएको थियो ।

    यसअघि, अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यबाट बाहिरिने खबरसँगै उनको अर्थमन्त्री पद धरापमा परेको अड्कलबाजीले बजार चम्काएको अनुमान गरिए पनि बिहीबारको बजारको बढेको मनोबलले त्यस्तो देखाएन ।

    यो साताको पाँच दिनमा नै नेप्से परिसूचक झण्डै २ सय अंकले बढेको छ । आइतबार करीब ७० अंकले बढेको परिसूचक सोमबार स्थिरजस्तो देखिएको थियो । मंगलबार फेरि बजारमा ४३ अंकले बढोत्तरी आएको थियो । बुधबार बजार ५० अंकले उकालो चढेको थियो ।

    बिहीबार नेप्सेमा १ करोड ८ लाख कित्ता शेयर खरीदबिक्री भएका छन् । कारोबारमा सबैभन्दा धेरै एभरेष्ट ब्यांकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । बिहीबार सबैभन्दा धेरै ब्यांकिङ समूह ६.१४ प्रतिशतले बढेको छ । यसबाहेक विकास ब्यांक र उत्पादनमूलक समूह पनि सामान्य बढेका छन् । बाँकी समूहका उपसूचक भने घटेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…