• एजेन्सी, १५ फागुन । धेरै दूध दिएर विश्व रेकर्ड बनाउने वाली सरस्वती भैँसी ८१ लखमा बिक्री भएको छ । हरियाणको हिसार जिल्लका किसान सुखबीर सिंह ढान्डाको घरमा रहेको उक्त भैँसीले ३३.१३१ किलोग्राम दूध दिएर पाकिस्तानी भैँसीले बनाएको विश्व रेकर्ड तोडेको थियो ।

    सरस्वतीलाई लुधियानाका पवित्र सिंहले किनेका थिए । सुखवीरलाई सरस्वती चोरी हुने डर भएकोले बेचेको भारतीय सञ्चारमाध्यामले बताएका छन् ।

    १ करोडमा पनि बेच्ने मन नभएको बताउँदै उनले चोरीकै डरले गर्दा बेच्नु परेको बताएका हुन् । विश्व रेकर्ड बनाउँदा सरस्वतीलाई ३ लाख २० हजार दिएर सम्मानित गरिएको थियो ।

    यो भन्दा अगाडि पाकिस्तानी भैँसीले ३२.०५० किलोग्राम दूध दिएर विश्वरेकर्ड बनाएको थियो । भैँसी बेच्नु अगाडि बिभिन्न प्रान्तका किसानरुलाई उपस्थित गराइएको थियो । सम्मेलनमा ७०० जना किसान उपस्थित भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…