मिक्लाजुङ टाँडीमा सांस्कृतिक रुपान्तरण हुँदै
पुरानो बजारहरुको नाम फेरिन्दै
अर्जुन जम्नेली राई
मोरङ । पछिल्लो राजनीति परिवर्तनसँगै मोरङको मिक्लाजुङ-३, (साविक टाँडी)को स्थानीय चौकहरुको नाम परिवर्तन गर्दै सांस्कृतिक रुपान्तरण हुँदै गएको छ ।
आज (बिहिवार) मिक्लाहुङ-३, धोबेनि चौकमा किरात लिपीका प्रवर्तक सिरिजंङ्गाहाङ
को मूर्ती राख्न सिलन्यास भएको छ ।
सिरिजंङ्गा सालिक निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क)का प्रदेश सांसद कुलप्रसाद लिम्बूको हातबाट सिलन्यास भएको छ ।
धोनेनिमा करिव ६ फिट ५ इन्चको मूर्ती रहने निर्माण समितिको अध्यक्ष गणेश मिभक लिम्बूले बताए । सिरिजंङ्गाको ढुङ्गाको
मूर्ती स्थानीय कलाकार गायत्री राईले निर्माण गरिरहेका छन ।
शिलान्यास कार्यक्रममा तेजबहादुर थलङ लिम्बूले सिरिजंङ्गाहाङ साहित्य, लिपि, भाषामा ज्ञता मात्र होइन दार्शनिक भएको बताए । किरात भाषा साहित्यको प्रचार प्रसार गर्नेक्रममा देश निकाला भएका थिए । चेलाहरुसहित सिक्किम निर्वासित सिरिजंङ्गालाई सन १७४१ मा मारिएका थिए । ३७ बर्षको उमेरमा मारिएका सिरिजंङ्गाको योगदानको नेपालमा प्रचार हुन थालेपछि नेपाल सरकारले वि.स. २०४९ सालमा रु. १ को हुलाक टिकट छापेका थिए ।
सिरिजंङ्गाको सम्मानमा धोबेनी राखिने मूर्तिको लागि करिब १० लाख खर्चहुने निर्माण समितिको अध्यक्ष गनेश मिभकले बताए ।
कार्यक्रमको प्रमुख अतिथी मा प्रदेश १ (क)को सभा सदस्य कुलप्रसाद साम्बाले मूर्ती राख्ने योजनामा आफूले सहयोग गर्ने बताए । देश समाबेसी, समानुपातिक राज्य व्यबस्थामा गएको भन्दै एकले अर्का अस्तित्व स्वीकार्नु पर्ने बताए । सभासद लिम्बूले संमृद्दी र सुखी नेपालको लागि स्थानीय जनता सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा कालिका माबिका प्रधानाध्यापक मातृकाप्रसाद न्यौपाने, किरात मोर्चाको केन्द्रीय सचिवालय सदस्य राम मगर, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष विबेक लिम्बू, स्थानीय प्रेम मिभक, गनेश भट्टराई, लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा किरात मोर्चाको केन्द्रीय सचिवालय सदस्य राम मगरले किरात सभ्यताको जगमा पहिचानको नामहरु नभए कडा आन्दोलन हुने चेतावनी दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन राई, किरात मोर्चाको केन्द्रीय सचिवलालय सदस्य दिल्ली मिभक लगायतको सहभागी रहेको थियो ।
साबिक टाँडीको धोनेनिको साथै हाल मिक्लाजोङ-३ मा आदिवासी जनजाती महासंघ, याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको पहलमा जलुकेनी चौकलाई केलाङ, असारे चौकलाई सुम्निमा, वसन्त चौकलाई पारुहाङ, सुन्दरी चौकलाई लखन थापा बनाइएको चन्द्र लिम्बूले बताए ।
वडा नम्बर ४ मा लिम्बू समुदायको सिलाकसक्मा निर्माण भइरहेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनापछी पहिचानको कुरा उठिरहेको बेला पुरानो चौक बजारहरुको नाम फेर्दै स्थानीय युवाहरुको सक्रियतामा नाम फेरिन्दै आएको हो । नाम फेरिएको स्थानमा विभिन्न विभिन्न ब्यक्तिहरुको मूर्ती तथा बोर्डहरु राखिएको छ ।