काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसममा आजदेखि खुल्दै जाने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुधार हुने जनाउ दिएको हो ।
शुक्रबार बिहान पश्चिम तराईमा हुस्सु र पाहाडमा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने महाशाखाले जनाएको छ ।अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुन सक्ने छ ।
शनिबारबाट पुन नयाँ मौसमी प्रणाली नेपाल भित्रने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको हुन सक्नेछ ।
थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो