• काठमाडौं, १६ फागुन । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनालीको बिहिबार भएको सवारी दुर्घटना नियोजित र अस्वभाविक भएको बताएको छ ।

    पार्टी प्रवक्ता कुमार बेल्वासेले बिहीबार घटना घटेको केहि समयमै प्रेस विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ ।’

    नेकपा (माले)ले यो दुर्घटनाबारे छानविन गर्न पनि सरकारसँग माग गरेको छ । दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न मालेले माग गरेको छ ।

    झापाबाट पारिवारिक कार्यक्रममा सहभागी भएर राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो ।

    दुर्घटनामा मैनाली गम्भीर घाइते भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वर्षीय नाती समेत घाइते भएका छन् । बुहारीको दुवै खुट्टा भाँचिएको बाताइएको छ । मैनालीको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    पार्टीले जारी गरेको विज्ञप्ति –

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…