फागुन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा चार शीर्ष नेतबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबाहेक नेकपाका चार शीर्ष नेताबीच शुक्रबार बिहान भेटबार्ता भएको हो।
प्रचण्ड निवासमा भएको छफलमा उनीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमारनेपाल, बामदेव गौतमको उपस्थिति रहेको श्रोतले बतायो ।
भेटमा उपाध्यक्ष बामदेव गौतमालाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयका विषयमा छलफल भएको श्रोतको भनाई छ । सचिवालय बैठकले गरेको निर्णय आफुले नमान्ने प्रधानमन्त्रीको अडान पनि यी चार शीर्ष नेता खुमलटार छलफलमा जुटेका हुन् ।
राष्ट्रियसभामा गौतमलाई लैजाने सचिवालय निर्णयलाई आफुले नमान्ने ओलीले अडान राखेपछि अहिले नेकपा भित्र कलह पैदा भएको छ । प्रधानमन्त्री ओली अर्थमन्त्री युवराज खतिवडाला नै दोहोर्याउने पक्षमा छन् भने नेकपाका अन्य शीर्ष नेताहरु बामदेव गौतमलाई लैजाने मनस्थितीमा छन् ।
बुधबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यका लागि बामदेव गौतमको नाम मनोनय गर्न सिफारिस गरेको थियो ।