१६-फाल्गुण-२०७६
काठमाडौं । गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन भिडियो प्रकरणका कारण पदबाट राजीनामा दिएका निर्वातमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका हुन् ।
आज उनले प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन् ।
उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाए प्रतिनिधिमार्फत् जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।
साथै अदालतमा मुद्दा हालेको उनले सामाजिक सञ्जाल ट्विटरमा समेत पोस्ट गरेका छन् । उनको ट्विटमा भनिएको छ, ‘मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्जतीविरूद्धमा मैले आज (शुक्रबार) आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको छु ।’