काठमाडौं । नेपाली कांग्रेसमा छिट्टै ११ जना केन्द्रीय सदस्य थपिनेभएको छ ।
विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सँगको एकतापछि समायोजनका क्रममा उपसभापतिसहित ११ केन्द्रीय सदस्य पाएको छिट्टै नाम पठाउने तयारी भएको छ ।
गच्छदार उपसभापति बनाइनु भएको छ । तर, असोजमा नाम पठाउनुपर्नेमा अझै कुरा मिलेको छैन । अब भने गच्छदारले नाम पठाउने हुनु भएको हो ।
उहाँमाथि पूर्व लोकतान्त्रिक फोरमका नेताले दबाब बढाएका छन् । गच्छदारले यसै साताभित्र नाम दिने सम्भावना बढेको छ ।
गच्छदार पक्षबाट फोरम हुँदा उपाध्यक्ष रहेका राजजनम चौधरी, महासचिव जितेन्द्र नारायण देव, कोषाध्यक्ष शिव गर्माछाने, गोपाल दहित, महेश कोर्मोचा, गीता राणा केन्द्रीय सदस्य बन्ने निश्चितप्रायः छ ।
भारतेन्दु मल्लिक, नेत्रबहादुर लिम्बू, चन्द्रबहादुर कार्की, नन्दु सरदार, वीरेन्द्र नेपाली, कृष्ण दुलाल, योगेन्द्र चौधरी, सुमित्रा थारु, नसिद सिद्धिकी र हरि न्यौपानेको पनि सम्भावना बलियो छ ।
गणेश लामालाई केन्द्रस्य सदस्य बनाउन गच्छदार सकारात्मक भए पनि कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु सकारात्मक छैनन् ।
जिल्ला तहको सांगठनिक समायोजन भने मंगलबार टुंगिइसकेको छ । जिल्ला सदस्यहरुको नामावली टुंग्याएर सम्बन्धित जिल्लामा पठाइ सकिएको छ ।
एक हजारभन्दा बढी क्रियाशील सदस्य रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सहसचिवसहित आठ सदस्य फोरम पक्षलाई दिने सहमति भएको थियो, विमर्शमा उल्लेख छ ।
गच्छदार समूहबाट दुई सय महासमिति सदस्य, पर्यवेक्षक एक सय ४८, महाधिवेशन प्रतिनिधि ६ सय, २२ जिल्लामा कार्यसमिति पदाधिकारी र सदस्य तथा ४६ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्यको नाम बुझाएको छ । गच्छदार समूहबाट दुई हजारभन्दा बढी कार्यकर्ताले पद पाएका छन् ।