धरान : बिभागीय टिम नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो ।
यो सहित मनाङ ले चार पटक बुढासुब्बा गोल्डकपको उपाधी जित्न सफल भएको छ । धरान रंगशालामा सम्पन्न खेलमा बिभागिय टिम नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब बिच भएको खेलमा खेल सुरु भएको ११ मिनेटमा मनाङ मर्स्याङदी क्लबका खेलाडी दयानन्द सिङले पहिलो गोल गरि आफ्नो समुहलाई शन्यका बिरुद्द १ गोलले अघि बढाउन सफल भए ।
त्यसैगरी खेलको दोश्रो हाफको मनाङका निशान लिम्बुले दोश्रो गोल गरी शुन्यका बिरुद २ गोलले आफ्नो टिमलाई अगडी बढाउन सफल भए । दोश्रो हाफको ६७ औं मिनेटमा नेपाल पुलिस क्लबका भोला सिलवालले १ गोल गरि आफ्नो टिमलाई शुन्यबाट जोगाउन सफल भए । बिभागीय टिम नेपाल पुलिसले पटक पटक गोल फर्काउन प्रयास गरे पनि असफल भएको थियो । ईन्जुरी टाईममा मनाङकै खेलाडी बिमल रानाले थप गोल गरि आफ्नो समुहलाई १ गोलका बिरुद्द ३ गोल गरि २२ औ अन्राष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्ड कपको बिजेता बनाउन सफल भए ।
मनाङ्ले नगद १० लाख र पुलिसले नगद ५ लाख प्राप्त गर्न सफल भएको छन् ।