•  

    १. भिजिट नेपाल १ बर्ष सारौँ | भिजिट नेपाल २०२१ मा राखौं | कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ | अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका छन्, हामीहरुले कोरोना क्लस्टरमा गएर नेपाल घुम्न आउ भनिरहेका छौं | कोरोना संक्रमण तथा त्रासको कारण व्यक्तिको समेत आर्थिक अवस्था चौपट छ | घुम्न आएपनि ती पर्यटकले खर्च गर्न सक्दैनन् | हाम्रो अभीष्ट पूरा हुँदैन |

    २. WHO ले नेपाललाई कोरोनाको ठूलो जोखिम देशमा राखेको छ | कोरोना भित्रियो भने पशुपतिनाथको पूजा गर्नु बाहेक सरकारको तयारी केही पनि छैन | यो तथ्य हाम्रो सरकारले नबुझेपनि WHO ले बुझेको रहेछ |

    ३. साउदीले त हजको लागि भिसा बन्द गर्ने निर्णय गर्यो भने हामीले सिनेमा हल पनि बन्द गर्न सकेका छौनौं | सिनेमा हल, ठूला सपिंग मल, सार्वजनिक यातायात लगायत भीडभाड हुने केन्द्रलाई बन्द गर्नु अनिबार्य छ | उल्टो हामीहरु स्कूलबाट फिलिम हेर्न सबै विद्यार्थी लाने गरेका छौं | त्यो पैसा बरु चन्दा दिंदा राम्रो हुन्छ |

    ४. स्कूल तथा कलेजहरुले बार्षिक परीक्षा अघिं सारेर वा पढाइ बन्द गरेर परीक्षा मात्र लिंदा उपयुक्त हुन्छ |

    ५. अस्पतालहरुमा रुघाखोकी, ज्वरोको लागि छुट्टै इमर्जेन्सी वार्ड, ओपिडी,बेड, आइसीयु, प्रयोगशाला राखौं | अरु रोगको लागि त्यसको विपरीत दिशामा ब्यबस्था गरौँ | अस्पताल सरुवा रोगको ठूलो कारक तत्व हो | यो तथ्य मनन् गरौँ |

    ६. अभिभावकले रुघाखोकी, ज्वरो तथा श्वास फेर्न गाह्रो भएको व्यक्तिलाई सुरुमा अस्पताल नलगौं | घरायसी उपचारले निको नभएमात्र अस्पताल लैजाऔं | राम्रो प्रयोगशाला भएको, ठूलो स्पेस भएको, बेड तथा आइसीयु भएको हस्पिटलमा लैजाने गरौँ |

    ७. क्वारेन्टाइन तथा आइसोलेसन वार्डलाई बस्ती बाहिर टहरामा कोठा बनाएर राख्ने ब्यबस्था गरौँ | ५००० सुरक्षाकर्मी खटाउने हो भने ७ दिनमा १००० बेडको फलाम र प्रिफ्याबको केन्द्र बनाउन सम्भव छ |

    ८. सम्भावित औषधि, पानी, खाद्य पदार्थ, मास्क, निस्संक्रमण रसायन, मास्क, ग्लोभ, स्वास्थ्यकर्मीको लागि विशेष गाउन ....सरकारले ३-४ महिनाको लागि जोहो गरोस |

    ९. एयरपोर्टमा थर्मल स्क्यानर राखेर मात्र हुँदैन | जहाज अवतरण गर्ने बेलामा सिटामोल खाएमा तापक्रम देखिदैन | ज्वरो मात्र कोरोनाको मुख्य इन्डिकेटर हैन | तसर्थ एयरपोर्टमा सुविधासम्पन्न प्रयोशाला, अटेरिको लागि सुरक्षाकर्मी, एम्बुलेन्स, अस्पतालमा सुरक्षाकर्मीको ब्यबस्था आदि कडाइका साथ गर्नुपर्छ |

    १०. मनोचिकित्सक, परामर्शदाता, साइकोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम / गाइडलाइन, साधन उपलब्ध गराएर तम्तयार रुपमा राख्नुपर्छ |
    डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…