फागुन १८, काठमाडौं ।
नेपाल निर्माणमा शाहवंश
नेपाल देशको एकिकरण शाहवंशका शाशकहरुको अतुलनिय योगदानबाट भएको हो । विशेषगरी पृथ्वी नारायण शाहको नेतृत्वदायी भुमीका र उहाँकै मार्गचित्रमा नेपाल देशको जग बसालीएको हो । पृथ्वी नारायण शाहको नेपाल एकिकरण केवल एक भौगोलिक एकिकरण मात्र थिएन, परन्तु एक असली हिन्दुस्थान र गोरक्ष वैदिक राष्ट्रको निमार्ण पनि थियो । उहाँको महान दिव्योपदेशबाट यो कुरा भान हुन्छ । राजा पृथ्वी नारायण शाह वास्तविक प्रजातन्त्र प्रेमी थिए भन्नेमा शंका छैन । राज्य सञ्चालनमा प्रजा र राजा दुवैको उपस्थिती अत्यन्त सुन्दर ढगंबाट हुनु पर्दछ भन्ने मान्यता राजा पृथ्वी नारायण शाहमा थियो । यस सम्बन्धमा दिव्योपदेशमा उल्लेखित भनाइबाट पनि स्पष्ट हुन सकिन्छ । दिव्योपदेशमा भनिएको छ,
"बुढा मरे भाषा सरे, भनि भन्छन । तिमीहरु सबै छेउ सुनाई गयेको भये तिम्रा सन्तानलाइ सुनाउला र तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान र यो गोर्खा राज्य थामि खालान । "
यसरी पृथ्वी नारायण शाह नै वास्तविक प्रजातान्त्रिक राजा थिए भन्नेमा कुनै शंका रहदैन । प्रजातन्त्रको विषयमा यो भन्दा अर्काे महान विचार हुनै सक्दैन ।
पृथ्वी नारायण शाह आफ्ना प्रजाहरुमा केहि भेदभाव गर्दैन थिए । कालु पाण्डे, विषे नगर्ची आदिसंग गरिएको व्यवहारबाट पृथ्वी नारायण शाहमा स्वयम भगवान रामको जस्तो व्यवहार थियो भन्न सकिन्छ, जसको सेवक र सारथी जो पनी बन्न सक्छन । नेपाल देशको एकिकरण, सामाजिक नियम कानुनको निर्माण, महान दिव्योपदेश र आफ्ना प्रजाप्रती अभिभावकत्व पृथ्वी नारायणको अविस्मरणीय योगदानहरु हुन ।
यसका साथ साथै उहाँको दिव्योपदेशमा वर्णित कुराहरु समग्र देशको राजनैतिक र सामाजिक पद्धतीको मुलको रुपमा रहेको छ । जव पृथ्वी नारायण शाहको दिव्योपदेश पालना गरिन्छ तव मात्र नेपाल शान्त समृद्ध र स्थायित्वको मार्गमा अगाडी बढनेछ । यसैमा नेपाल र नेपालीको उन्नत भविष्य छ ।
नेपाल देशको उत्तम भविष्य, सनातन वैदिक राष्ट्रको गौरव कायम गर्न तथा विकास, शान्ती र स्थायित्वको लागी राजसंस्था अपरिहार्य छ ।
एकताको प्रतिक
कुनैपनि देशका राजा त्यो देशको एकताको प्रतिक हुने गर्दछन । राजसंस्था मात्र त्यस्तो संस्था हो जो सम्पुर्ण नगरिकहरुको अभिभावक हो । राजा सबैको साझा हुन्छन र सबैको अभिभावको भुमिका निर्वाह गर्दछन । नेपालका सन्दर्भमा शाह वंशले नै यो देशको भौगोलिक एकिकरण गरेको हुनाले शाह वंशका राजाहरु प्रत्येक नागरिकका लागी अभिभावक हुन । उनिहरुले भौगोलिक एकिकरण मात्र गरेनन बरु वैदिक सनातन परम्पराको उचित संरक्षण गरि असली हिन्दुस्थानको निमार्ण समेत गरे । जसको पुर्खाको महान बलिदान र रगत पसिनाले आज हामिले नेपाली भनि विश्वमा परिचित हुन पाएका छौ त्यो शाह वंशकै योगदानका कारण हो ।
संसारभरका हिन्दुहरुको हृदय सम्राट
हिन्दु धर्ममा राजालाई विष्णु भगवानको प्रतिक मानिन्छ । हिन्दु सम्राट नेपालमा मात्र भएबाट संसारभरका डेढ अरव हिन्दुहरुको आस्था र सम्मान स्वत नेपालको हिन्दु सम्रााट शाह राजामा जाने गर्दछ । जसरी बुद्ध धर्ममा दलाई लामा, क्रिश्चियन धर्ममा पोप र मुश्लिमहरुमा अरवी शेख राजा हरु छन त्यसरी नै हिन्दुहरुका लागी नेपालको राजाले स्थान लिदै आएको छ । । हाम्रा शाह राजा राजनैतिक हिसावले नेपालको राष्ट्रप्रमुख हुन भने सांस्कृतिक र धार्मिक हिसावले विश्वभरका हिन्दुहरुको हृदय सम्राट हुन । हाम्रा देशमा राजसंस्था कायम भएको समयमा प्रचलित राष्ट्रिय गानमा नै राजालाई "भुपती" अर्थात पृथ्वीका पती भनि सम्बोधन गरिएबाट हिन्दु सम्राट शाह राजा संसारका अन्य राजा भन्दा माथिल्लो दर्जा भएको आभास हुन्छ ।
जसरी बौद्ध धर्म अवलम्वन गर्ने देश भुटान र थाइल्याण्ड लगायतमा बौद्ध राजा छन, मुश्लिम धर्मीक देश दुवै कतार, साउदी र बहराइनमा शेख राजा छन, त्यस्तै क्रिश्चियन धर्म मान्ने हरुका लागी भ्याटिकन सिटिका पोप र बेलायतमा महारानी छन भने संसारका डेढ अरव हिन्दुहरुलाई सम्बोधन गर्नका लागी पनि नेपालमा राजसंस्था अपरिहार्य छ । नेपाल वैदिक परम्परा र हिन्दु सनातनको केन्द्र भएको र यसको उचित संरक्षण र विकासमा शाह राजाहरुको अतुलनिय भुमिका भएको हुनाले नेपालमा राजसंस्था अपरिहार्य छ ।
राजनैतिक दल र सिद्धान्त भन्दा माथि
राष्ट्रपतीय प्रणालीमा राजनैतिक सिद्धान्त बोकेर हिडने व्यक्ति निर्वाचन मार्फत चुनाव जितेर राष्ट्रपती बन्छन । माक्स वाद, पुजिवाद जस्ता विदेशी सिद्धान्तका नोकरहरु कुनै घृणित दलबाट चुनिएर राष्ट्रपति हुन्छ भने त्यस्ता व्यक्तीहरु ले कसरी सम्पुर्ण जनताको प्रतिनिधित्व गर्न सक्छन ? जस्तो उदाहरणको लागी वर्तमान राष्ट्रपती तत्कालीन एमाले बाट चुनाव जितेर संसदमा प्रवेश गरेकी थिईन, उनलाई संसदीय प्रणालीद्धारा राष्ट्रपती बनाइयो । उनि कसरी देशको एकताको प्रतिनिधित्व गर्न सक्छिन जवकी उनलाई राष्ट्रपती बनाउन जनताको प्रत्यक्ष सहमती नै छैन, या भनौ जनताको संलग्नता नै छैन । उनि कुन आधारले देश र जनताको अभिभावक बन्न सक्छिन । पहिलो र महत्वपुर्ण कुरा त के हो भने उनि माक्स वादमा विश्वास गर्ने कम्युनिष्ट कार्यकर्ता हुन, के देशका सबै नागरिक माक्सवाद मान्दछन त ! जनताको र राष्ट्रपतीको राजनैतिक विचार नै भिन्न भएपछी उनी सम्पुर्ण नेपालीको अभिभावक हुने कुनै आधार नै छैन । यसरी राष्ट्रपतीय प्रणालीमा विदेशी घृणित सिद्धान्त बोकेका व्यक्तीहरु राष्ट्रपती बन्ने हुदा उनिहरुले कदापी नेपाल र नेपालीको प्रतिनिधित्व गर्नै सक्दैनन । जुन राजनैतिक वाले नेपालको मौलिकताको विरोध गर्दछ, राष्ट्रनिमार्ताको बेइज्यत गर्छ र धर्म भनेको अफिम हो भनेर विधर्मी व्यवहार गर्दछ भने त्यस्तो व्यक्ती कुनै पनि हालतमा नेपालीको अभिभावक बन्नै सक्दैनन।
त्यसकारण राजसंस्था मात्र त्यस्तो संस्था हो जसको राजनैतिक दर्शन नेपालवादी हुन्छ । राजाले मात्र देश र जनतालाई मुटुमा राख्न सक्छन, र राजालाई मात्र देशको माया हुन्छ जती अरुमा हुदैन । राजा पृथ्वी नारायण शाह हुदै महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र सबै नेपालवादी हुन । राजा हरु कहिल्यै पनि माक्सवादी, पुजिवादि वा समाजवादी हुदैनन । उनिहरु जहिले पनि देशको मौलिकतालाई प्राथमिकतामा राख्दथे । जुन राजाले बोक्ने झण्डा र जनताले बोक्ने झण्डा एकै छ, बोल्ने भाषा एकै छ र देशको चिन्तन प्रणाली एकै छ उनि मात्र एकताको प्रतिक बन्न सक्छन । यसरी हेर्दा कुनै अमुक राजनैतिक दलबाट माक्सवाद वा पुजिवाद जिन्दावाद भन्दै फोहोरी राजनैतिक प्रणालीबाट राष्ट्र प्रमुख बन्ने हरु कदापी सम्पुर्ण नेपालीको हृदयमा वास गर्नै सक्दैनन ।
राजाको स्वार्थ रास्ट्रीय अखण्डता
राज्य सन्चालन गर्नको लागी स्वतन्त्र र सार्वभौम भुगोलको आवशेकता पर्छ । स्वतत्र देशमा राजाको शासन हुन्छ । अर्को महत्व पुर्ण कुरा के भने राजा को स्वार्थ देश स्वतन्त्र र सर्बभौम र अखण्ड रहे सम्म आफु र आफ्नो सन्तान राजा हुन पाउछन भन्ने स्वार्थ लुकेको हुन्छ । राजाले कहिले पनि देश खण्डित हुन दिदैनन भने बिदेशी शाक्ती हरुको हस्तछेप र कुदृस्ट्री कदापी देशको सर्वभैमिकता र अखण्ड्ता माथी पर्न दिदैनन । तर जागिरे जस्तो केहि समयका लागी मात्रै प्रधान मन्त्री बन्ने हरुले देशको सार्वभौमिकता र अखण्डता तहस नहस बनाउन सक्छ्न । किनकी उनिहरु स्थाइ शक्ती होईनन, र उनिहरुको स्वार्थ देशको स्वार्थ सँग नमिल्न पनि सक्छ ।
राजनैतिक स्थायित्व र शान्तिका प्रयाय
नेपालका राजाहरु शान्ति र स्थायित्वका प्रयाय हुन । भौगौलिक अवस्थिती र भुरणनितिक अवस्थितीका कारण नेपालमा राजसंस्था अपरिहार्य छ । दुई ठुला अत्याधिक जनघनत्व भएका मुलकका विचमा नेपाल रहेको छ । रणनैतिक हिसाबले पनि पश्चिमा राष्ट्रहरुको चासो नेपालमा विशेष रुपले हुने गर्दछ । नेपालको स्थायित्य नचाहने शक्ति जो नेपालमा आफ्नो रणनैतिक कार्यका लागी उपस्थिती जनाउन चाहन्छन, राजसंस्था जहिल्यै त्यसको बिरुद्धमा रह्यो र देशको अस्मिता जोगाउदै आयो । खम्पा बिद्रोहलाई उदाहरणको रुपमा लिन सकिन्छ । त्यसकारण राजसंस्था देशमा छउन्जेल विदेशी सेनाको उपस्थिती हुदैन भन्नेमा दुइमत रहदैन । राजा विरेन्द्रनै हुन शान्ति क्षेत्रको प्रस्ताव विश्वसामु लैजाने र सार्कको योजनाकार पनि उनै हुन । नेपालको दिर्घकालिन स्थायित्व र शान्तिका लागी यी दुई योजनाहरुले अत्यन्त ठुलो भुमिका खेल्दछ । तर विडम्वना पछिल्लो समय शान्ति क्षेत्रको प्रस्तावलाई रद्दिको टोकरीमा फालियो भने सार्कलाई पनि निस्किृय बनाउदै लगिएको छ ।
अन्तराष्ट्रिय हैसियत
नेपालमा राजसंस्था हुनु भनेको भारतमा भएका एक अरव हिन्दु हरुको आस्था र सम्मान नेपालप्रती हुनु हो । यसमा दुइमत नै छैन । यो एउटा सांस्कृतिक रुपले नेपाल भारत भन्दा माथि हुन सक्ने बलियो आधार पनि हो । त्यस्तै नेपालमा राजसस्था छउन्जेल अन्तराष्ट्रिय राजनितिमा नेपालको छवि पनि अत्यन्त राम्रो थियो । अहिलेका राजनैतिक दलका नेता र मन्त्रि हरु भन्दा कैयन गुणा माथि रहेर राजाहरुले अन्तराष्ट्रिय मुद्धाहरुमा आफ्नो उपस्थिती देखाउथे । यसबाट देश र जनताको इज्जत सधै माथी भयो । तर वर्तमान समयमा हरेक दिन जसो अन्तराष्ट्रिय क्षेत्रमा नेपालको बेइज्यत भइरहेको छ भन्नु दुखत कुरा हो । यदी राजसंस्था हुन्थ्यो भने यस्तो परिस्थिती आउने थिएन । इतिहास साक्षी छ, नेपालमा राजसंस्था छउन्जेल नेपालको अन्तराष्ट्रिय राजनितीमा कस्तो हैसियत थियो जुन अहिलेको अवस्थासंग तुलना सम्म पनि गर्न सकिदैन ।
मौलिक परम्पराहरुको निरन्तरताका लागी
वैदिक परम्परामा राजाको प्रमुख स्थान रहन्छ । हिन्दु धर्ममा राजालाई पालनकर्ता भगवान विष्णुको अवतारको रुपमा लिइन्छ । हाम्रा अधिकाशं धार्मिक कार्यहरुमा राजालाई विशेष सम्बोधन गर्ने गरिन्छ । पितृ उद्धार तथा श्राद्ध कर्ममा राजाको पनि श्राद्ध गर्ने तथा पिण्ड दान गर्ने प्रचलन छदै छ । त्यस्तै हिन्दुहरुको महान चाड दशैमा विजया दशमीका दिन सबभन्दा पहिले राजाको नाममा रातो अक्षता सहितको टिका जमरा छुट्याएपछि मात्र घरमा टिका लगाउने प्रचलन छ । नेवार समुदायको धेरै जात्राहरुमा राजाको उपस्थिती अनिवार्य नै छ । भोटे जात्रा, इन्द्र जात्रा, कुमारीको पुजा र खडग साटने परम्परा आदिमा राजाको उपस्थिती बिना सम्पन्न हुदैन । यस्ता कार्य हरु अन्य अवैदीक ब्यक्ती हरु बाट हुने कार्य होइनन । कुनै राजनैतिक दलको भण्डा बोकेका, विदेशी विधर्मी सिद्धान्तलाई आफ्नो आदर्श मान्ने राष्ट्रपती वा राष्ट्रप्रमुखहरुको यस्ता धार्मीक कार्यमा उपस्थिती हुनु भनेको हाम्रा धार्मीक कार्यहरुकै बेइज्यत हुनु हो । भोली यो देशमा मुश्लिम वा क्रिश्चियन राष्ट्रप्रमुख भएको अवस्थामा त्यस्ता चाडपर्व हरु कसरी सम्पन्न होलान ? देश तव सम्म जिवन्त रहन्छ, तवसम्म त्यो देशका मौलिक परम्पराको संरक्षण र यथोचित विकास हुन्छ । नेपालको सन्दर्भमा हाम्रा मौलिकताको जगेर्नाका लागी वैदिक परम्पराबाट आएका हिन्दु राजाको स्थान अपरिहार्य छ ।
रास्ट्रीय धरोहर हरुको निर्माण र जगेर्णा
नेपालको परीपेक्षमा भन्नु पर्दा देशमा जती पनि रास्ट्रीय धरोहर हरुको निर्माण भए अधिकास राजा हरुकै पालामा राजा हरुकै योजनामा बनेका भए । तेस्ता धरोहरहरु हाम्रा लागी आमुल्य निधी हुन, रास्ट्रीय सम्पत्ती हुन । राजाले बनाएका माठ मन्दिर, दरबार, पाटी पौवा सबै हाम्रो देशको पहिचान हुन । राजा हरुले त्यस्ता धरोहरहरुको महत्व बुझेका थीए र भोलीका पिढीलाई चाहिन्छ भनेर बनाउथे । नेपाल मन्दिरै मन्दिर को देशको उपनाम ले परिचित छ । आकर्षक दरबारहरु पनि तेत्तिकै छ्न । यि र यस्ता बिकासका लागी राजसन्स्था अपरिहार्य छ । रास्ट्रपती वा प्रधानमन्त्रीले गर्ने भनेको बिकास निर्माण मात्र हो, त्यो पनि ब्यक्ती सज्जन भएमा नत्र यस्तो कुरा हरु को बिकास उनिहरु बाट कल्पना सम्म पनि गर्न सकिदैन ।
विकास निमार्णमा राजाहरुको योगदान
पृथ्वी नारायण शाह पछि उहाँका जेठा छोरा प्रताप सिहं शाह राजा भए । तर अढाई वर्ष पनि राम्रो संग शाशन गर्न नपाउदै उनको मृत्यु भयो । त्यसपछि राजेन्द्रलक्ष्मी र बहादुर शाह नायवी भई शाशन गरे । त्यसको केहि समयपश्चात नेपालमा राणाशाशनको शुरुवात भयो । राणशाशनमा राजाहरुलाई राजनितीबाट पुर्ण रुपले निस्कृय बनाउने काम भयो । झण्डै १०४ बर्ष शाशन गरेको राणाशाशनको अवधिभरी राजाहरु खोपीका देउतामा सिमीत भए । २००७ सालमा भएको परिवर्तन पछि भने राजा हरुको राजनैतिक हैसियत सम्मानजनक बन्न पुग्यो । तर राजाहरु केवल संवैधानिक प्रमुख मात्र भए, कार्यकारी प्रमुख निर्वाचित प्रधानमन्त्री थिए । जव देशको राजनिति फोहोरी हुन थाल्यो र राष्ट्रियता धरापमा पर्न थाल्यो भन्ने आभासा राजा महेन्द्रले महशुस गरे तव उनले निवार्चित सरकारलाई कु गरी एक तन्त्रिय पञ्चायती व्यवस्था लागु गरे । यहाँ भन्न खोजिएको कुरा के भने राजा पृथ्वी नारायण शाह पछि प्रत्यक्ष कार्यकारी अधिकार सम्पन्न राजा भएको व्यवस्था ३० वर्षे पञ्चायत काल मात्र हो । तर त्यो ३० वर्षे अवधीमा यती धेरै विकासका कार्य हरु भए त्यसैको आडमा आज हाम्रो देशमा बिकास र समृद्धिको बाटो खुलेको छ । सो अबधीमा कैयौ उधोग धन्दा हरुको निमार्ण भए, पूर्व पश्चिम राजमार्ग लगायत चिन जोडने दुई राजमार्ग बने, अस्पताल, अदालत र सयौँ विधालय र कलेज हरुको निमार्ण भए । राजा महेन्द्र र विरेन्द्र ले यस्तो विकासमा ध्यान दिए कि जुन जनताको अत्यावश्यक कुरा हो । उदाहरणको लागी, छालाजुत्ता कारखाना, कपडा कारखाना, सिमेन्ट कारखाना, विधुतिय बस सेवा, कागज कारखाना लगायत थिए । त्यस्तै नेपाली विधार्थी हरुलाई प्राविधिक शिक्षाको लागी भनेर विदेशमा पढन पठाउने कार्य पनि गरे । नेपाललाई विश्वसामु चिनाउन सांस्कृतिक कार्य हरुको अन्तराष्ट्रिय स्तरमा कार्यक्रम नै गरे । खेलकुदको पनि राम्रो विकास गरे । राजा महेन्द्रकै १० वर्षे अवधिमा भएका विकासका गतिबिधीहरु इतिहासमा अहिलेसम्म पनि भएका छैन । राजा महेन्द्र पछि अर्का उधोग र विकास वादि नेता भनेका जुद्ध शमशेर राणा थिए । हामि अहिलेसम्म्म पनि त्यो समयमा भएका विकास निमार्णका कार्यहरुबाट लाभान्विित भइरहेका छौ । सबैभन्दा दुखत पक्ष के हो भने प्रजातन्त्र र खुल्ला बजारिकरणको नाउमा राजाहरुले निमार्ण गरिदिएका विकास निमार्ण हरु नष्ट गरियो । अधिकाशं उधोग धन्दा हश्र बन्द गराइए, केहि कांग्रेशको पालामा केहि कम्युनिष्टको पालामा । यसकारण यदी राजाले अवशर पाउने हो भने देश विकास अत्यन्त राम्रोसगं हुने थियो । यसमा कुनै दुविधा नै छैन । इतिहास साक्षी छ ।
कसरी र किन हटाइयो राजसंस्था ?
पश्चिमी जगत जो हतियारको व्यापारमा जसको आर्थतन्त्र चल्दछ उनिहरुका लागी नेपाल भुरणनैतिक क्षेत्र हो । अफ्गानिस्तान पुर्वी एसियाको भुरणनैतिक क्षेत्र हो भने दक्षिण एसियाका लागी नेपाल । अफगानिस्तानमा विगत ३-४ दशकदेखी अस्थिरता र द्धन्द कायम छ भने नेपालमा विगत एक दशकदेखी द्धन्दको खेती सुरुवात गर्ने चेष्टा भइरहेको छ । यद्दपी माओवादीको १० वर्षे द्धन्द नै पश्चिमाहरुको योजना साकार पार्नका लागी गरिएको प्रथम सफल योजनाको रुपमा लिन सकिन्छ भने धर्म निरपेक्ष र संघीयता दोस्रो योजना हो । अब यसैको माध्यबाट नेपाल पुर्ण रुपमा उनिहरुको हातमा जाने छ र आफ्ना गतिबिधी अगाडी बढाउन पाइन्छ भन्ने उनिहरुको योजना हो । राजसंस्था छउन्जेल यस्ता वैदेशिक हस्तक्षेपको कल्पना सम्म पनि गर्न सकिदैन । त्यसकारण नेपालबाट राजसंस्थाको अन्त गराउन समग्र युरोपियन युनियन, अमेरिकी राष्ट्र र तत्कालीन भारत सरकारको संयुक्त अभियान थियो । भारतको स्वार्थ परराष्ट्र, सेना र यहाँको जलस्रोत लगायत प्राकृतिक श्रोतमा थियो भने पश्चिमा जगतको स्वार्थ नेपालमा आफ्नो रणनैतिक क्याम्प खडा गरि भारत चिन लाई नै खत्तम गर्ने थियो । भारतले आफ्नो स्वार्थ पुरा हुदै गर्दा पश्चिमाको स्वार्थमा आफ्नो पनि दुरगती हुन्छ भन्ने बुझ्न सकेन ।
संसारको आधा बढि जनघनत्व भएको चिन र भारतको विचमा अवस्थित पुलको रुपमा रहेको नेपाल पश्चिमी हरुका लागी महत्वपुर्ण अवश्य हो । यसैका लागी पश्चिमाहरु नेपालमा आफ्नो दरिलो स्थान बनाउन चाहन्छन । नेपालमा उनिहरुको उपस्थिती भएमात्र चिन र भारत दुवैतिर रणनैतिक गतिविधीलाई अगाडी बढाउन सक्छन ।
राजसंस्थाको अन्त नेपाली जनताप्रती धोका हो
निलम्वीत संसद असंवैधानिक तरिकाबाट पुन गठन गरि तत्कालीन सरकारले निर्वाचन लगायत कार्यहरु गरेको थीयो । नेपालमा आन्दोलनका क्रम्रमा उठ्दै नउठेका कुराहरु संघीयता, धर्म निरपेक्ष र राजसंस्थाको अन्त गाराउने आदिका विषयमा बदनियत ढंगबाट ल्याइएका विषयहरु हुन । भारतमा "रअ" का प्रमुख हरुको उपस्थिती र निर्देशनमा गरिएको सात राजनैतिक दलका विचमा भएको दिल्ली सम्झौता नेपालको इतिहासमा एक घृर्णित घटना हो । यसैको आडमा भएका र गरिएका हरेक राजनैतिक परिवर्तन पुर्ण रुपले नष्ट गरि पुन राजसंस्थाको स्थापना सहित हिन्दु राज्य र प्रजातन्त्रिक पद्धतीको निमार्ण बाट नै नेपाल र नेपालीको भविष्य उज्यालो हुनेछ ।