•  

    फागुन १८, काठमाडौं । देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेकले केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देश पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अपरान्हपछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

    यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

    यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

    फागुन १८गते (आइतबार)

    दिउँसोः देशकोपहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ। उच्च पहाडी तथा हिमालि भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोछ ।

    रातीः देशकोपहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

    फागुन १९गते (सोमबार)

    दिउँसोः देशकोपुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमीपहाडका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

    रातीः देशकोपुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

    फागुन २०गते (मंगलबार)

    दिउँसोः देशकोपुर्वी भू-भागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

    रातीः देशकोपुर्वी भू-भागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…