काठमान्डाँै ।
नेपाली मौलिक लोक दोहोरी गीत संगीतको उर्वर भुमी मानिने स्याङ्गजा आसपासमा सर्वाधिक लोकप्रिय रहेको कौरा गीत “ बाँचपुरे कान्छा “को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हेमन्त गुरुङ र गायिका सिता थापाको आवाज रहेको छ । सामाजिक परम्परा र रहन सस्कृतिलाई आधार बनाएर निमार्ण गरिएको गीतमा पश्चिम नेपालको सस्कार र सस्कृति भेटन सकिन्छ । हेमन्त गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । “ बाँचपुरे कान्छा “ गीतको भिडियोमा निर आले र स्मृती मगरको अभिनय रहेको छ ।
“ बाँचपुरे कान्छा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=hGDVsRGTXVM&feature=youtu.be&fbclid=IwAR0O-YKkL1F0aLuiZLNIVDeuRQrLxyNvB-bvJe0M0NbHdxx0mWmt327Val0