भद्रपुर, १८ फागुन ।
प्रदेश नम्बर १ को पहिलो बालमैत्री नगर बनाएर इतिहास कायम गर्ने सपना पालेको भद्रपुर नगर प्रशासनले न्युनतम मापदण्ड पूरा नगर्दै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा अभियानलाई तीव्रता दिन थालेको छ । सामुदायिक र संस्थागत गरी ६० वटा विद्यालय रहेको भद्रपुर नगर क्षेत्रमा रहेका अधिकाम्स विद्यालयले बालमैत्रीका लागि आवश्यक न्युनतम सूचकमा परिवर्तन नहुँदै बालमैत्री विद्यालय घोषणा गर्न थालिएको हो । अशुद्ध पिउने पानी, दुर्गन्धित शौचालय, हात धुने साबन विहिनता जस्ता स्वास्थ्य सम्बन्धिका सूचक नै पूरा नभइ बालमैत्री घोषित हुन थालिएको अवस्था छ ।
सरकारी स्वामित्वका अधिकाम्स विद्यालयमा शुद्ध पिउनेपानी, सहज र दुर्गन्धरहित शौचालय, बाल अधिकारको सम्मान गर्ने आचारको अभाव समस्याकै रूपमा भए पनि सुधारको अवस्था निर्माण नभइ बालमैत्री घोष्ति हुन थालेका हुन् । यस्तै कतिपय विद्यालयमा विभेदकारी शिक्षण समेत रहिरकेका सामुदायिक विद्यालय बालमैत्री घोषित भइसकेको अवस्था छ । ती विद्यालयहरूमा शुल्क तिर्ने र शुल्क नतिर्ने विद्यार्थी छुट्याएर शिक्षण कृयाकलाप गराइने गरिए पनि नगर सरकारले विभेद अन्त्यको पहल गर्न सकेको छैन । शुल्क तिर्ने विद्यार्थीले निशुल्क पढिरहेका विद्यार्थीलाई सहयोग गरिएका कम्प्युट्, खेल सामग्री लगायतमा समेत एकल अधिपतित्व जमाएर पूर्ण रूपमा विभेद सिर्जना भइरहेको छ ।
नगरपालिकाले अंगीकार गरेको बालमैत्री सम्बन्धी सूचकहरू मध्ये पिउनेपानी, शुलभ शौचालय, सरसफाइ जस्ता आधारभूत मापदण्ड विपरित सञ्चालित विद्यालय नै कागजी पादण्ड पूरा गर्दै बालमैत्री विद्यालय घोषणा गर्न थालिएको हो । नगर क्षेत्रका अधिकाम्स सरकारी स्वामित्वका विद्यालयमा शुद्ध पिउने पानीको उचित प्रबन्ध छैन । यस्तै शुलभ शौचालयको उचित प्रबन्ध नहुँदा दुर्गन्धित शौचालयमै विद्यार्थी जान बाध्य छन् । विद्यालयमा सञ्चालित बालमैत्री सूचकसम्बन्धी क्रियाकलापहरूको अनुगमन नभएको पनि होइन तर, सुधार नहुँदै विद्यालयलाई बालमैत्री विद्यालयका रूपमा घोषणा गर्न हतारमा नगरपालिकाले अनुमति दिएपछि विद्यालयहरू बालमैत्री घोषणा हुन थालेका हुन् । अझै पनि धेरै विद्यालयमा विशेष गरी शौचालयहरू फोहोर पाइयो । केही विद्यालयमा भने भौतिक रूपमा पनि मर्मत संहार गर्नु पर्ने भएकाले नगरपालिकाले ध्यान दिन जरुरी भएको सरोकारवाला सञ्जालले पटक पटक सुझाव दिएको भए पनि नगर प्रशासनको ध्यान पुग्न सकेको छैन ।
यस अभियाका लागि आएको वजेटका बारेमा समेत अस्पष्टता देखिएको छ । कुन कुन शीर्षकका कति वजेट खर्च गरियो भन्ने प्रष्ट पार्न नसक्ने गर प्रशासन ८ लाख रूपैया छुट्याएको बताउने गर्छ । जसमा ६ लाख विभिन्न कार्यक्रममा खर्च भइसकेको प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको भनाइ छ ।
विद्यालयले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका अलग अलग ४२ वटा सूचकहरू पूरा गरेपछि बालमैत्री विद्यालय घोषणा सुरू गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । नगर प्रमुख श्रेष्ठका अनुसार यही चैतभित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइएको हो ।
अभियानको यस चरणमा विद्यार्थीले विद्यालयमा जे गरे पनि सजाय नपाइने अधिकारलाई बुझे भने अभिभावक केही थाहा नपाएर अलमलमा परेका छन् । विद्यालयका जिम्मेवार व्यक्ति शिक्षक, सञ्चालक र व्यवस्थापन पक्ष के गर्ने के नगर्ने अन्यौलमा रहँदै बालमैत्री हुने अवस्था निर्माण भयो ।
झापाका १५ वटा स्थानीय तहहरू मध्ये भद्रपुर नगरपलिकाका भौतिक पुर्वाधार विकासका क्षेत्रमा प्रगतिशील तथा जनमैत्री विकासको बाटोमा नलागेको जनगुनासो बढीरहेका बेला शासकीय सुधार तथा ऐतिहासिक काममा नगर प्रशासनले चासो राखे पनि आफैंले बनाएको मापदण्ड अनुसार चल्न नसकेको अवस्था छ ।