• काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । यसअघि उहाँले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा प्रमुख तोक्नुभएको थियो ।

    सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत् व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद्, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभागका प्रमुखमा मनोनयन गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    काँग्रेसको विधानमा २८ केन्द्रीय विभाग गठनको व्यवस्था भए पनि गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले विभाग बढाउन सक्ने विधानको अधिकार प्रयोग गरी विभागको सङ्ख्या बढाएर ४७ पु¥याइएको थियो । काँग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको नियमित अवधि समाप्त हुन लागेपछि नेतृत्वले केन्द्रीय विभाग गठन गर्न थालेको छ ।

    काँग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

    विधानको उक्त प्रावधानमा टेकेर काँग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि यही फागुन २० गतेदेखि लागू हुने गरी विसं २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिसकेको छ । काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…