•  

    बिराटनगर, २० फागुन । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीले बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार पाएका छन् । सडकबाट उद्धार गरिएका अधिकारीलाई नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका हुन् ।

    धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबाट ग्रसित भएपछि झण्डै १२ बर्षअघि घर छोडेका थिए । त्यसपश्चात धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आए । प्रायः बिहिबारे हटिया आसपास क्षेत्रमा भेटिने उनको न बसाईको टुंगो थियो न त खानाको नै ।



    मानसिक समस्याबाट बिक्षिप्त रहेका उनी सडकमै भौतारिएर दिन कटाउँने गर्थे । कसैले दया गरेर दिए खाने, नभए भोकभोकै बस्दै आएका उनको अवस्था अत्यन्तै पीडादायी थियो । अधिकारीको अवस्था देखेर स्थानीय अनुजा पराजुली, कोपिला शंकर, नारायण कार्की लगायतले उनको उद्धारमा पहल गरेका हुन् । सडकमा दुर्गन्धित अवस्थामा बस्दै आएका अधिकारीलाई कपडा फेरेर मानसिक समस्याको उपचारका लागि नोबेल अस्पताल ल्याईएको उद्धारमा खटिएकी अनुजा पराजुलीले बताईन् ।

     

    https://www.youtube.com/watch?v=LXmQxM7NvkU&feature=youtu.be

    अस्पतालसम्म ल्याउँन महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले एम्बुलेन्सको व्यवस्था मिलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका छन् । बेवारिसे अवस्थामा रहेका अधिकारीलाई परिवारसँग सम्पर्क गराउँन पराजुली र मेयर नेपालले पहल गरेका थिए । सडकबाट उठाएर अस्पताल ल्याईएका अधिकारीको अवस्था थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.शर्माले उनलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाईदिएका हुन् । उपचारसहित बिरामी र कुरुवालाईसमेत खानाको व्यवस्था पनि डा.शर्माले नै मिलाईदिएका छन् । असहायलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले निःशुल्क उपचारको व्यवस्था मिलाईएको डा.शर्माको भनाई छ ।

     

     

    अहिले नोबेल अस्पतालका मानसिक रोग बिशेषज्ञ डा.मुक्ति आचार्यको निगरानीमा उनको उपचार भईरहेको छ । लामो समयदेखिको समस्याका कारण उनी स्वस्थ हुँन समय लाग्ने डा.आचार्यले बताए । अधिकारी झण्डै १२ बर्षदेखि परिवारसँग सम्पर्कबिहिन थिए । अहिले भने उनका छोरा छोरी साथमा आईपुगेका छन् । छोराछोरी नै अस्पतालमा कुरुवा बसेर अधिकारीको उपचार गराईरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…