•  

    भद्रपुर। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

    झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताउनुभयो । आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उहाँले भन्नुभयो, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।”

    उहाँले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…