युबराज रेग्मी फाल्गुन २० झापा / प्रधानमन्त्री के पि शर्मा ओलिको निर्बाचन छेत्र पर्ने झापाको गौरादह नगरपालिकामा नेपाल बिध्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्जवलन गरेको छ ।
गौरादह नगरपालिकाको ब्यस्त बजार डिपु चौकमा सन्ध्याकालिन समयमा दिप प्रज्ज्वलन गरिएको हो । गौरादह कृषि क्यापस र गौरादह बहुमुखी क्याम्पसका नेपाल बिध्यार्थी संघ एकाइ समिती द्वारा आयोजित कार्यक्रममा नेपालीकाङ्ग्रेसका दिगम्बत सन्त नेता कृष्ण प्रसाद भट्टराईको नबौ स्मृती दिवसको अबसर पारेर आयोजित स्मृती सभामा ने. बि. संघका बिध्यार्थी हरुले काठमाडौ महाराजगन्ज स्थित मनमोहन कार्डियो थोराक्सिस भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा दोस्रो पटक आफ्नो मृगौला प्रत्यारोपणका निमित्त उपचाररत प्रधानमन्त्री के. पि. शर्मा ओलिको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्ज्वलन गरेका छन ।
दिप प्रज्ज्वलन कार्यक्रममा युबा संघ झापाका जिल्ला नेता दुर्गा गौतमले कार्यक्रममा आफ्नो बिचार राख्दै नेपाली काङ्रेस नेपालको जेठो पार्टी मात्र नभएर नेपालको एक ठूलो संस्कारी पार्टी पनि रहेको बताए । कार्यक्रममा आफ्ना बिचार राख्दै गौरिगन्ज पालिकका उपाध्यक्ष दिपिन्द्र थापाले युबा बिध्यार्थी हरुद्वारा आयोजित पुर्ब प्र. म. स्व .कृश्न प्रसाद भट्टराईको स्मृती सभा तथा स्वस्थ्य उपचारमा रहनु भएका प्र. म .ओलिको स्वास्थ्यलाभको कामना गर्दै आयोजना गरिएको कार्यक्रम एक्दमै सान्दर्भिक र अनुकरणीय रहेको बताए ।
अर्का बक्ता ने. बि.सङ नेता महेन्द्र भट्टराईले चाहे जुनसुकै देस किन नहोस त्यो देस हाक्ने प्रधानमन्त्री स्वास्थ रहनुपर्ने भएकोले हाल उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न कोहि छुट्नु नहुने बिचार राखे ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाल बिध्यार्थी सङ गौरादहका नगर सभापति विद्यार्थी नेता बाबुराम नेपालले देस बिदेसमा जहाँ जस्तो संकट आउँछ त्यतिबेला नेपाली हरु एकजुट हुने भएकोले हाल नेपालका प्र. म. अस्वस्थ भइ अस्पतालमा उपचाररत रहदा यश विषम समयमा सम्पुर्ण नेपालीहरु एकजुट भइ वहाको स्वास्थ्यलाभको कामना गर्न आवश्यक रहेको बताए ।गौरिगन्ज पालिकाका उपाध्यक्ष श्री दिपेन्द्र थापाको सभापतित्वमा आयोजित उक्त कार्यक्रम गौरादह कृषि क्याम्पस नेपाल बिध्यार्थी संघ एकाइ सचिब कुसल ढुंगानाले सन्चालन गरेका थिए