फागुन २१, काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा वर्षाका सम्भावना रहेको छ । पश्चिमी एवं स्थानीय वायुको प्रभावले मौसममा बदली देखिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :-
फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पहाडीभू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
फागुन २२ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
फागुन २३ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।