२०७६ फाल्गुण २१ बुधबार
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक बुधबार १ बजेबाट सुरुभयो । बैठकमा सभामुख अग्नी सापकोटाले विशेष प्रस्ताव प्रस्तुत गरे। महाराजगञ्जस्थित मनमोहन
कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार मगौला प्रत्यारोपण हुदैगरेका प्रधानमन्त्री केपी शर्मा ओलीको बैठकले मृगौला प्रत्यारोपण कार्य सफलताको कामना गर्यो । साथै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । सभामुखले "कारागार विधेयक, २०७ मावि विचार गरियोस्" भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । कृषि तथा पशुपन्छी विकास मन्त्री श्री घनश्याम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्" भनी प्रस्ताव प्रस्तुत गरे।
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री श्री बसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको (नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भनी प्रस्ताव प्रस्तुत गरे ।
युवा तथा खेलकुद मन्त्री श्री जगतबहादुर सुनार (विश्वकर्मा ले :- (क) "शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। (ख) राष्ट्रिय खेलकुद विकास विधेयक, २०७६ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गरे।
गृह मन्त्री रामबहादुर थापाले "अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेमों अभिसन्धि (Palermo Protocol) माथि सामान्य छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गरे ।प्रस्तावलाई स्विकृत भएको छ ।
त्यस्तै सभामुखले कम्युनिष्ट एवं लोकतान्त्रिक् आन्दोलनमा क्रियाशील जनपक्षीय नेता धर्म घिमिरेको शोक प्रस्ताव प्रस्तुत गरे । प्रतिनिधि सभाको यो बैठक २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन ने.क.पा माओवादी को तर्फबाट झापा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य घिमिरेको शोक प्रस्ताव प्रस्तुत भयो ।
घिमिरेको ७४ वर्षको उमेरमा मिति २०७४ साल माघ २० गते मंगलबार उपचारको क्रममा भारतमा निधन भएको हो । सभाले उनीप्रति शोक प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै सांसदहरुले उठेर एक मिनेट मौन धारण गरेका छन् ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        