• काठमाडौं । सरकारले म्यानपावर ब्यवसायीलाई कामदार विदेश पठाउँदा फ्री टिकट फ्री भिसामा पठाउनुपर्ने नीति लागू गरेको छ । तर बैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालयमा घुसविना श्रम स्वीकृति नै नदिने गरेको गुनासोको हल हुन सकेको छैन । कामदारको मागपत्रमा कमा र फुलस्टप यताउता भए पनि ताहाचल कार्यालयका कर्मचारीले एक कामदार बराबर १० हजार घुस लिने गरेका छन् । जसका कारण ब्यवसायी मारमा छन् ।

    एकातिर फ्री भिसा भनेकाले शुल्क लिए कारबाहीमा पर्ने डर, अर्कोतिर श्रम स्वीकृति निकाल्नका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलमा घुस नदिएसम्म काम हुँदैन । बैदेशिक रोजगार कार्यालय काठमाडौंमा कामदारको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृतिसम्म प्रतिकामदार १० देखि २० हजार घुस नै दिनुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ ।

    व्यावसायीसँग घुस असुलीका बारेमा साँघुमा समाचार प्रकाशित भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले काठमाडौं बैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख देवेन्द्र कार्की र सुरेश जोशीलाई तानेका छन् । तर, घुस संकलन गर्ने रैथाने कम्प्युटर अप्रेटर बिपुल पराजुली, नायबसुब्बा योगेन्द्रविक्रम शाह, टेकबहादुर थापा, राजकुमार पोखरेलहरू यथावत छन् ।

    श्रम मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख युवराज खतिवडालाई पनि जिम्मेवारी हेरफेर गरिएको छ । उनको ठाउँमा काठमाडौं बैदेशिक रोजगार कार्यालयबाट मन्त्रालयमा ल्याइएका देवेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

    काठमाडौं कार्यालयका कामु प्रमुख रहेका उनै कार्कीलाई कर्मचारी प्रशासनको हाकिम बनाएकोमा भने श्रम मन्त्री रामेश्वर राय यादव आलोचित भएका छन् । कम्प्युटर अप्रेटर बिपुल पराजुली काठमाडौं कार्यालयमा १० बर्षदेखि कार्यरत छन् । सबै सेटिङका काम उनीबाटै हुँदैआएका छन् । यसअघि सामान्य प्रशासन मन्त्रालयको काजसरुवाको पत्र समेत कीर्ते बनाएर करिब ११ बर्ष नायबसुब्बा पेशल कोइराला वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत थिए । साँघु न्यूज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…