• छोरीको बिहेका लागि वडामा सहयोगको अपिल,अध्यक्षले दिए पैसा उठाउन सिफारिस

    छोरीको बिहेका लागि वडामा सहयोगको अपिल,अध्यक्षले दिए पैसा उठाउन सिफारिस

    झापा । कहि नभएको जात्रा हाडीगाउँमा भनेझै भएको छ , झापा गाउँपालिकाको वडा नम्बर ३ को वडाकार्यालयमा विवाहको लागि चन्दा उठाउन झापाका एक वडाध्यक्षले सिफारिस दिएका छन् ।

    झापा गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष मोतीलाल गणेशले सिफारिस दिएको फेला परेको छ । उनले फागुन १४ गते सिफारिस दिएको पत्रमा उल्लेख छ । उनले सोहि वडामा बस्ने महमत रहमान मियाको छोरीको विवाहको लागि सहयोग गरिदिन सिफारिस दिएका हुन् ।

    रहमानले छोरीको विवाहको लागि सहयोग संकलन गर्न सिफारिस माग गरेका थिए । सिफारिसमा निजको घरको आर्थिक अवस्था कमजोर रहेकाले दक्ष अनुसार सहयोग गरिदिन उल्लेख गरिएको छ ।
    हाल झापा गाउँपालिकाको बिहेका लागि चन्दा अनुमतीको विषयलाई लिएर सामाजिक संजाल तातेको छ । छोरीको बिहेका लागि चन्दा उठाउने अनुमति सहितको वार्डकार्यालयको सिफारिसको पक्ष र विपक्षमा मतहरु बाझिएका छन ।



     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…