• प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालहरुले २८ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ ।

    भाइरस संक्रमणको आशंका देखिएमा सहज उपचारका लागि डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी सो वार्डको व्यवस्था मिलाइएको छ ।प्रदेशमा रहेका ठुला चारवटा अस्पतालमा २८ वटा आइसोलेसन वेड तयार गरिएको जनस्वास्थ्य महाशाखाका प्रमुख डा शुरेश मेहताले बताउनुभयो ।

    बिराटनगरस्थित बिराट मेडिकल कलेजमा सबैभन्दा बढी १२ वटा, त्यसैगरी धरानस्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १० कोशी अञ्चल अस्पतालमा पाँच र नोवेल मेडिकल कलेजमा आइसियूसहितको एउटा आइसोलेसन वेडको व्यववस्था मिलाइएको छ ।

    प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह समेत तयारी अवस्थमा राखेको छ ।

    समाजिक विकाश मन्त्री जिवन घिमिरेले अस्पताल र ल्याबका चिकित्सकलाई बिशेष प्रकारको तालिम दिने व्यवस्था सहित कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै प्रदेश सरकारले टास्क फोर्स गठन गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…