•  

    फागुन २२, 
    काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा क्रमिक सुधार हुदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले प्रत्यारोपणपछि हिजो बेलुका तरल पदार्थ खान दिएका छन् । ‘प्रधानमन्त्री ज्युको स्वास्थ्य अवस्था क्रमिक सुधार हुदै गएको छ । उहाँले बुधबार बेलुका तरलपदार्थ (पानी ) खानुभएको छ र बिहीबार बिहान कालो चिया खानुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए ।

    यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, सांसद तथा उच्च पदस्थ अधिकारी, शुभचिन्तक र शुभेच्छुकहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिहेका छन् । बिहीबार विहानै प्रधानमसेनापति पुर्णचन्द्र थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

    त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा विभिन्न सांसदहरु समेत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    सल्लाहकार थापाका अनुसार अस्पतालले प्रधानमन्त्री ओलीको दैनिक स्वास्थ्य अपडेट प्रतयेक दिन दिउँसो ४ बजे जानकारी गराउँनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…