फाल्गुन २२, २०७६
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण भयो । उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । उनी सोमबार मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पताल भर्ना भएका थिए ।
प्रधानमन्त्री अस्पताल भर्ना हुनु पहिले आइतबार साँझ बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो। उक्तबैठकले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई पठाउने र भारतको कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्त गर्ने निर्णय गरेकोथियो।
उक्त बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन भन्दै फिर्ता बोलाएको थियो।
सोही बैठकले नेपाल गुणस्तर साधारण पोर्टल्यान्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेड विशिष्टिकरण अनिवार्य गर्ने सूचना जारी गर्ने निर्णय गरेको थियो ।
पढ्नुहोस्, मन्त्रिपरिषदका निर्णयको पूर्णपाठः