फागुन २२, काठमाडौँ । दुबईमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।विश्वभरी फैलिरहेको कोरोनाभाइरसका संक्रमित बिरामि यूएईमा समेत फेला परेकाले दुतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
यूएई स्थति नेपाली दुतावासले सोमबार विज्ञप्ति जारी गर्दै दुबईमा रहेका नेपालीहरुलाई कोरोनाभाइरसबाट बच्न आवश्यक उपाय अपनाउन सुझाव दिएको छ । विश्वभरी फैली रहेको कोरोना भाइरसका कारण हाल सम्म ३ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।चिनको हुवान प्रान्तबाट सुरुभएको उक्त भाइरस चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ८० भन्दा बढी देशमा फैलिसकेको छ ।
घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने, काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने, जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने, संक्रमण फैलिएको देश को भ्रमण नगर्ने, भोज भतेर, सभा देखि टाढा रहन दूतावासको सुझाव छ ।रोगको संक्रमण नेपाली समुदायमा देखिए वा शंका लागेको थाहा भए दूतावासमा सम्पर्क गर्न समेत भनेको छ ।