लौकही । सुनसरीको भान्टावारी पछिल्लो समय तस्करीको केन्द्र बिन्दु बन्दै गएको छ । सुनसरी भान्टावारी प्रहरीको मिलोमतो बिगत केही महिना यता तस्करीको केन्द्र बिन्दु बन्दै गएको हो ।
स्थानीय प्रहरी र व्यापारी बीचको सहमतीमा दिन्हु लाखौं रकमको मालसामान सजिलोसंग नेपाल भित्र्याउन सफल हुन्छ ।
इलाका प्रहरी कार्यालय भान्टावारीमा खटिएका प्रहरी नायब निरीक्षक कुल बहादुर खत्री बिगत केही महिना देखि तस्करीसंग मिलेर लाखौं रकमको मालसामान सजिलोसंग नेपाल भित्र्याउनमा सहजीकरण गरिदिन्छ साथै प्रहरीले ड्युटी गर्नुको साटो तस्करीको माल कमाउमा वास्त भएको स्थानीय जन प्रतिनिधि कोशी गाउँपालिका ८ नम्बर वडा सदस्य शनिचर यादवले बताएका छ्न् ।
यादवका अनुसार प्रहरीको लापरबाहीको कारण स्थानीयहरुको धनमाल दिन्हु चोरी भइरहेको समेत जानकारि गराएका छ्न् यता केही दिन अगाडि स्थानीय असरफी कामेतको घरबाट ४ थान पाडा र ८ थान गाई बस्तु चोरी भएको छ र स्थानीय जन प्रतिनिधि शनिचर यादवको दुई थान भैंसी चोरी भएको हो चोरी हुँदा समेत प्रहरीलाई फोन गर्दा समयमा आउदैन।
जनताको जीउ धनको सुरक्षाको लागि सरकारले प्रहरी खटाए पनि जनताको कम र अफ्नो निजी स्वार्थ पुराको लागि तस्करीलाई बढावा दिने कामलाई निरन्तर दिने गरेको भन्दै स्थानीयहरु गुनासो गर्छन् ।
सो क्षेत्रमा नेपाल प्रहरीको ठाउँ ठाउँमा चेक पोस्ट रहे पनि उनीहरु बसेको ५० मिटर पूर्वतर्फको यादव टोलको बाटो हुँदै दैनिक ठूलो परिमाणमा तस्करी हुने गरेको र त्यसमा प्रहरी निकायको साथ रहेको स्थानीयहरुले बताएका छन् ।
चोरी पैठारी जस्ता किर्याकलापहरुको नियन्त्रण गर्नुको साटो प्रहरीकै सेटिङ्मा तस्करी व्यापक बढेको बढे छ । त्यसै पनि राष्ट्रिय सेवकको रुपमा चिनिने हाम्रो प्रहरी प्रमुखहरू नाजरानामा नै मस्त भएपछि स्थानीय निमुखा जनताको जिउ धनको सुरक्षा कसले गर्ला त ?