•  

    गत वर्षको डिसेम्बरमहिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड-१९ वा कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ।

    हालसम्म चीनमा असी हजार सहित विश्वभर झण्डै एक लाख मानिस उक्त नयाँ रोगबाट सङ्क्रमित भइसकेका छन्। ती मध्ये आधाजसोलाई निको भइसकेका विवरण आएका छन्।

    पछिल्लो विवरण अनुसार तीन हजार तीन सय जनाको भने ज्यान गइसकेको छ।

     

    दक्षिण एसियामा कहाँ कति?
    नेपाल अवस्थित दक्षिण एसियाली क्षेत्रमा पनि कोरोनाभाइरसको सङ्क्रमण ठाउँठाउँमा देखा परिसकेको छ।

    नेपालमा सुरुवाती चरणमै चीनबाट फर्किएका एकजना नेपाली नागरिकमा उक्त सङ्क्रमण पुष्टि भएको थियो। ती व्यक्ति निको भइसकेका छन्।


    त्यसयता कैयौँमा परीक्षण गरिएपनि हालसम्म अन्यमा कोरोनाभाइरस सङ्क्रमण फेला नपरेको नेपाली स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।

    तर नेपालसँग खुला सिमाना भएको दक्षिणी छिमेकी भारतमा केही दिनयता कोरोनाभाइरसका थुप्रै सङ्क्रमणका घटना बाहिर आएका छन्।

    त्यहाँ हालसम्म ३० जनामा सङ्क्रमण भेटिएको छ जसमध्ये ३ जनालाई निको भइसकेको र बाँकीको उपचार भइरहेका विवरण आएका छन्।

    श्रीलङ्कामा पनि एकजना सङ्क्रमित भेटिएको र ती निको भइसकेको विवरण आएका छन्।

    पाकिस्तानमा पाँचजना सङ्क्रमित भएका विवरण आएका छन्। अफगानिस्तानका एकजना भेटिएको छ।

    भुटानमा पनि एकजना सङ्क्रमित भएको भेटिएको विवरण आएका छन्।

    त्यहाँ भारत हुँदै आइपुगेका एकजना अमेरिकी पर्यटकमा उक्त सङ्क्रमण भेटिएको जनाइएको छ।

    बाङ्लादेश र माल्दिभ्समा कोरोनाभाइरस सङ्क्रमण भेटिएका विवरण आएका छैनन्।

    दक्षिण एसियाली मुलुकमा हालसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान गएको खबर आएको छैन।

    नेपाली श्रमिक भएका ठाउँमा कति?
    नेपाली श्रमिकहरू धेरै जाने गरेका विभिन्न देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण पाइएका छन्।

    दक्षिण कोरियामा ६ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने जापानमा साढे तीन सय सङ्क्रमित छन्।

    मलेशियामा ५० जना जतिलाई सङ्क्रमण देखिएको विवरण छन्।

    खाडी देशहरूमध्ये कुवेतमा ५८, युएइमा २९, कतारमा ८ र साउदी अरेबियामा ५ जनामा सङ्क्रमण भेटिएको बताइएको छ।

    अमेरिकामा दुई सयभन्दा धेरैलाई सङ्क्रमण भएको र त्यहाँ १२ जनाको ज्यान गएको पछिल्लो विवरण आएका छन्।

    (स्रोत: Coronavirus Covid-19 Global Cases by Johns Hopkins CSSE)

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…