•  

    फागुन २४, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान शिक्षिका लक्ष्मी कर्मचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

    जडिबुटीस्थित जागृती एकेडेमीमा अध्यापन गराउँदै आएकी कर्मचार्याले २० पूर्णाङको परीक्षामा १५ अंक भन्दा कम ल्याउने कक्षा ६ मा पढ्ने छात्रछात्राको हात चिराएको समाचार सार्वजनिक भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शिक्षिका कर्मचार्य १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी थिइन् ।

    प्रहरीका अनुसार विद्यालय प्रशासनले नै प्रहरीमा उजुरी दिएपछि शनिवार उनलाई पक्राउ गरिएको बताइएको छ । पीडित विद्यार्थीका अभिभावकबाट भने उजुरी परेको छैन ।

    शिक्षिका कर्मचार्यलाई अभद्र वा यातनामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

    विद्यालय प्रशासनले भने शुक्रवारबाट नै लागु हुने गरी शिक्षिकालाई जागिरबाट हटाइसकेको जानकारी दिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…